२३ भदौ, काठमाडौं । आज मंगलबार थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।
कुल संक्रमितमध्ये हाल १४ हजार ८ सय ६८ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
आजै २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ ।