सप्तरीमा चोरी गरेको आरोपमा दाजु बहिनीसहित ४ जना पक्राउ

२२ भदौ ७७, मंगलबार

२३ भदाै, सप्तरी ।

सप्तरीको राजविराजस्थित मुख्य बजारको गणेश स्टोरबाट नगदसहित साढे पाँच लाख मूल्य बराबरको सामान चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सिसीटिभी क्यामेराको फुटेजका आधारमा अनुसन्धान गर्दा चोरीमा संलग्न ४ जनालाई रु चार लाख मूल्य बराबरको नगद र सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल, उनकी दिदी राजविराज–४ की ज्योतिकुमारी मण्डल सहनी, सोही ठाउँका समिम अन्सारी र सप्तरीको रुपनी गाउँपालिका– ४ का लाल मोहम्मद राइन रहेका छन् । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत आज उनीहरुलाई सार्वजनिक गरेको हो ।

Advertisement

गणेश स्टोर पसलभित्र प्रवेश गरी चोरी गर्ने सनियालाई बाहिर बसेर मानिस आवतजावतको सूचना दिन उनका साथी राइनले सहयोग गरेका थिए । सनियाकी दिदी ज्योतिले चोरीका सामान र रकम केही आफ्नो डेरामा र केही राजविराज–२ स्थित आफ्नो मदिरा पसलमा लुकाएर राखेकी थिइन् । उनकै पसलमा काम गर्ने समिमले चोरीको रकम कपडामा बेरी खाल्डो खनी माटोमा गाडेर लुकाएका थिए ।

सोमबार बिहान सनियाले गणेश स्टोर अगाडि रहेको सोलारको पोलबाट घरमाथि चढेर भुई तल्लामा रहेको पसलमा प्रवेश गरी रु चार लाख नगद र साढे एक लाख मूल्य बराबरको मोबाइल रिचार्ज कार्ड चोरी गरेका थिए । चोरीको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले तत्कालै अनुसन्धान तीव्र बनाएकाले छिट्टै सफलता हात लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए ।

Advertisement

प्रहरीले आरोपितलाई पक्राउ गरेसँगै उनीहरुको घर र पसलबाट ५० हजारको रिचार्ज कार्ड र रु तीन लाख ६० हजार नगदसमेत बरामद गरेको जनाएको छ ।रासस

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top