आजका प्रमुख खबरहरुः
१.(घर फर्किनेको लर्काे)
नेपालमा कोरोना संक्रमणलाई पराजित गरी आजै २ हजार २ सय ८७ जना डिस्चार्ज/आज थप ६ गरी संक्रमणबाट मृत्यु हुनेको सख्या ३ सय ६ पुग्यो/ आजै ९ सय २ संक्रमित थपिएपछि संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुग्यो ।
२.(कहाँ कति छन् ?)
आज मंगलबारसम्म ७ लाख ८८ हजार १ सय ७४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण /देशभर आज १४ हजार ८ सय ६८ जना आइसोलेसनमा /५ हजार ३ सय १० जना क्वारेन्टिनमा ।
३.(प्रदेश १ मा)
विराटनगरमा १७ गरी मोरङमा २२, सुनसरीमा ३७ सहित आज प्रदेश १ मा ८० संक्रमित थपिए /प्रदेश १ मा संक्रमितको संख्या ४ हजार २५७ पुग्यो /१ हजार ९ सय १२ जना डिस्चार्ज ।
४.(संक्रमणबाट बचौं)
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि / उपत्यकाका सबै नाकामा कडाई गरी निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमको निष्कर्ष ।
५.(अदृश्य समस्या बुझिने)
कोरोनाका कारण मानसिक स्वास्थ्यमा परेको प्रभावबारे मनोचिकित्सकहरूसँग प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा परामर्श /मनोसामाजिक समस्याको संबोधन गर्नेगरी योजना बनाएर अघि बढ्न मन्त्रालय र सम्बन्धित निकायहरूलाई निर्देशन ।
६.(गौतम गिर्दाे शाख ?)
राष्ट्रियसभामा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने नेकपाको निर्णय बदर गर्न विवेकशील नेपाली दलको माग/ जनताले मन नपराएको र चौतर्फी विरोध भइरहेकाले गौतमको सिफारिस निर्णय स्थगित गर्नुपर्ने नेकपा नेताहरुको भनाई ।
७.(सुन्ला त सरकारले ?)
सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न व्यवसायी महासंघको माग /एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गरिदिन आग्रह ।
८.(यातायातको ब्यथा)
विदेशबाट आउनेहरुलाई जिल्लासम्म पु¥याउन सार्वजनिक सवारी साधनको प्रयोग नगरेको भन्दै यातायात व्यवस्था विभाग अगाडि यातायात व्यवसायीहरुद्वारा धर्ना /सम्बन्धित प्रदेशका सवारीहरु सम्बन्धित प्रदेशमै पठाउँदा आलोपालो गर्न दिनुपर्ने माग ।
९.(विज्ञको गुनासो)
सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढ्दै गएको सरोकारवालाहरुको भनाई /एकै स्वावको दुईथरी रिपोर्ट आउने समस्या र सरकारी निकायहरुमा विज्ञहरुका कुरा नसुन्ने समस्याले व्यवस्थापनमा चुनौती थपिएको उल्लेख ।
१०.(जिल्ल परे ठेकेदार )
पूर्व पश्चिम रेल मार्ग बनाउने विवादित ३२ अर्बको ५४ वटा ठेक्का रद्द/जग्गा प्राप्ति नै नभइ राजनीतिक पहुँच र प्रभावका आधारमा आह्वान गरिएको ठेक्का रोक्न चौतर्फी दबाब परेपछि सरकार ठेक्का रद्द गर्न बाध्य ।
११.(उजुरी गरौं)
निषेधाज्ञाको समयमा पनि नियमित अनुगमन गरिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भनाई /कुनैपनि उपभोक्ताले खाद्य वस्तुको स्वच्छता र गुणस्तरको बारेमा फोनबाटै उजुरी दिएमात्रै पनि तत्काल अनुगमनमा गरिने व्यवस्था ।
१२.(मेलम्चीको मिति)
बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने /सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको आयोजनाको भनाई ।
१३. (साउदीले सतायो)
साउदी अरव पुगेका १२ सय नेपाली कामदार अलपत्र/ करार सकिएको ७ महिना लाग्दा समेत कम्पनीले चासो नदेखाएको पिडितको आवाज दुतावासले पनि सुनेन/पिडितहरुद्वारा नेपाली दुतावास अगाडि नारावाजीसहित धर्ना ।
१४.(शक्तिको उन्माद)
आणविक शक्ति राष्ट्र चीन र भारतबीच लद्दाखमा फेरि तनाव चुलियो /सोमबार राति फेरी गोलीबारी /गोली कसले हानेको हो भन्नेमा नयाँदिल्ली र बेइजिङबीच आरोप–प्रत्यारोप ।
र,
१५.(विश्वमा कस्तो छ ?)
कोरोनाबाट विश्वमा हालसम्म ८ लाख ९७ हजार बढीको मृत्यु /२ करोड ७५ लाख बढी संक्रमित /१ करोड ९६ लाख बढी निको भए ।