×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरोकारवालाहरु भन्छन्– पीसीआर मेसिन डोजर किन्दा झैँ किनियो

२३ भाद्र २०७७

२३ भदाै, काठमाडाैँ ।

स्थानीय तहहरुले अनावश्यक रुपमा पीसीआर मेसिन खरिद गरिरहेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । अहिले नेपालमा स्थापना भएका प्रयोगशालाको क्षमताले नेपालका लागि पुग्ने भएकाले थप पीसीआर मेसिनहरु आवश्यक नभएको सरोकारवालाहरुले बताएका हुन् ।

Advertisement
Advertisement

संसदको शिक्षा तथा स्वास्थ्य समितिद्धारा कोभिड १९ सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको बैठकमा नेपाल मेडिकल काउन्सीलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले सरकारले पीसीआर ल्याब निकै खर्चिलो भएको र अहिले स्थापना भएका ल्याबको क्षमताले नेपालका लागि पुग्ने भएकाले ल्याबको संख्या बढाउने विषयलाई रोक्नुपर्ने बताए । हरेक स्थानीय तहले डोजर किने जस्तो गरी पीसीआर मेसिन किन्ने लहर चलेको भन्दै चिन्ता व्यक्त गरे । करोडौँ खर्च गरी पीसीआर मेसिन खरिद गर्न नहुने उल्लेख गर्दै उनले व्यापारीहरुले पीसीआर मेसिन विकाउन हल्ला चलाउने गरेको र नेतृत्वकर्ताहरु त्यसको पछि लाग्ने प्रवृति देखा परेको बताए ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले पनि पीसीआर ल्याबको संख्या नेपालमा धेरै भइसकेको बताए । उनले पीसीआरको विकलपमा एन्टीजम परीक्षण र एन्टीवडि परीक्षण हुने र ती परीक्षण अहिलेका पीसीआर मेसिनबाट हुन नसक्ने भएकाले कोभिड नियन्त्रणमा आएपछि पीसीआर मेसिनको काम नलाग्ने बताए । पीसीआरले कुनैपनि रोगको जिनको परीक्षण नगर्ने भएकाले नेपालमा ती मेसिनको काम नलाग्ने स्थितिमा आउन सक्ने बताए । उनले पछिल्लो समय राजनीतिक रुपमा नै पीसीआर ल्याब बढाउँदै जाने प्रवृति देखा परेकाले त्यसालाई पनि रोक्नुपर्ने बताए ।

Advertisement

हाल नेपालमा सरकारी र निजी गरी ४८ पीसीआर ल्याब स्थापना भइसकेका छन् । अहिले पनि कतिपय स्थानीय तहले पीसीआर ल्याब निर्माण गर्ने भन्दै अगाडि बढिरहेका छन् । नेपालमा अहिले स्थापना भएका पीसीआर ल्याबाट दैनिक २५ हजार भन्दा बढीको परीक्षण सम्भव भएको उनीहरुको भनाई छ । सरोकारवालाहरुले पीसीआर ल्याब निर्माण गर्नुलाई राजनीतिक विषय बनाउन नहुने पनि बताएका छन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top