आन्तरिक उडानका लागि पाँच जहाज खरिद गर्ने नेपाल एयरलाइन्सको तयारी, ९ अर्ब लाग्ने अनुमान

२४ भदौ ७७, बिहीबार

२५ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि पाँच जहाज खरिद गर्ने तयारी गरिरहेको छ ।

३ वर्षअघि नै बनाइएको व्यापारिक योजना थन्काएर नेपाल एयरलाइन्सले फेरि आन्तरिक जहाज खरिदको योजना बनाइरहेको छ।

एयरलाइन्सको इन्जिनियरिङ र कमर्सियल विभागले जहाज खरिदको योजना बनाइरहेका छन्। योजना निर्माण तथा छलफलमा सहभागी अधिकारीहरूका अनुसार तत्कालका लागि पाँच वटा जहाज किन्नुपर्ने निष्कर्ष निकालिएको छ।

Advertisement

नेपाल एयरलाइन्सले चीनबाट ल्याएका जहाज नउडाउने निर्णय गरेपछि अहिले आन्तरिक उडानका लागि जम्मा ३ जहाजमात्र बाँकी छन्। ती पनि पुराना भएको भन्दै व्यावसायिक रुपमा उडान योग्य नभएको एयरलाइन्सका अधिकारीहरुले बताउँदै आएका छन्।

पाँच जहाज खरिद गर्नुपर्ने प्राविधिक राय भएपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने तत्काल दुर्गम क्षेत्रमा उडान गर्ने जहाज खरिद गर्ने र दोस्रो चरणमा ट्रंक रुटमा उडान गर्ने जहाज खरिद गर्नुपर्ने भन्दै आएको छ।

Advertisement

बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सका अधिकारीहरूलाई निर्देशन दिंदै तत्काल दुर्गम क्षेत्रमा उडान गर्नका लागि जहाज खरिद गर्ने योजना बनाउन निर्देशन दिएका थिए।

दुर्गममै उडान गर्न मिल्ने ३ थान ट्विनटर भएको एयरलाइन्सले ट्रंक रुटमा अरू एयरलाइन्सका ७२ सिटे जहाजसँग प्रतिस्पर्धा गर्नका लागि कम्तिमा सोही क्षमताका जहाज किन्नुपर्ने भन्दै प्रारम्भिक प्रतिवेदन तयार भइसकेको छ। यी सबै जहाज किन्नका लागि कम्तिमा ९ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

जहाज खरिदका लागि नेपाल एयरलाइन्स, पर्यटन मन्त्रालय भन्दा पनि अर्थमन्त्रालय मुख्य भुमिकामा हुन्छ। अथवा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमति नदिंदासम्म जहाज खरिदको सम्भावना भने छैन।

आफै जहाज खरिद गर्नसक्ने क्षमतामा नेपाल एयरलाइन्स छैन। उसले ऋण लिनुपर्छ। ऋण लिनका लागि नेपाल सरकार जमानी नबसे जहाज खरिद संभव हुँदैन।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top