२९ भाद्र, पर्वत ।
पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा पहिरोले घर पुर्दा एक बालिकाको ज्यान गएको छ ।
नवीन विकको घर पहिरोले पुर्दा उनकी दुई वर्षकी छोरी निकिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोमा बेपत्ता बिकको घरभन्दा एक मिटर तल शव भेटिएको हो । पहिरोमा परेका ४ जनामध्ये तीनजनाको उद्धार गरिएको पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।
पहिरोले दोबिल्ला फलेवास सडकमा समेत क्षति गरेको छ । थानेश्वर भुषाल, रामप्रसाद तिवारीको गोठमा पनि पहिरोले क्षति गरेको वडाध्यक्ष टिकाराम गौँडेलले जानकारी दिए ।