तेजाब आक्रमण विरुद्धका अभियन्ता थापालाई अमिताभ बच्चनले दिए बधाई

२९ भदौ ७७, मंगलबार

३० भदौ, काठमाडौँ ।
भारतीय अभिनेता अमिताभ बच्चनले एसिड आक्रमण विरूद्धको अभियानमा लागेका नेपालका उज्ज्वल थापालाई बधाई दिएका छन्। बच्चनले एसिड पीडितको न्यायको लागि सङ्घर्ष गरेको र दोषीलाई कारबाहीको लागि पहल गरेको भन्दै थापालाई बधाई दिएका हुन् ।

Advertisement

बच्चनले सोमवार सामाजिक सञ्जाल ट्वीटरमा एसिड पीडितका लागि थापाले गरेको कडा परिश्रमको प्रशंसा गरेका हुन्। एसिड पीडितका लागि नयाँ कानुन बनाउने निर्णयलाई उनले थापाको कडा परिश्रमको परिणाम भनेका छन्। उनले सेरवुड कलेजमात्रै नभएर नेपालकै गौरव बढाएको भन्दै बधाई दिएका हुन्। यो निर्णय नेपालकै लागि मात्र नभई भारतका लागि प्रेरणाको स्रोत हुने उल्लेख गरेका छन्।

Advertisement

थापाले बिना कुनै संघ, बिना कुनै संस्था निरन्तर रूपमा ६ वर्षदेखि एसिड आक्रमणमा परेका पीडितलाई प्रत्यक्ष रूपमा सहयोग गर्दै र एसिड आक्रमणको विरूद्धमा आवाज उठाउँदै आएका छन् । थापा र बच्चन दुवैजना सेरवुड कलेजका विद्यार्थी हुन्।

केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितको पक्षमा कडा कानून ल्याउन निर्देशन दिएका थिए । उनले १५ दिनभित्र कानूनको मस्यौदा तयार पार्न निर्देशन दिएका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top