सरकारी गाडीमा निजी नम्बर हालेर चढ्दै गाउँपालिकाकी उपाध्यक्ष

३१ भदौ ७७, बुधबार

३१ भदौ, जनकपुरधाम ।
धनुषाको बटेश्वर गाउँपालिकाकी उपाध्यक्षले सरकारी स्कुटीमा निजी नम्बर प्लेट राखेर चढ्दै आएको खुलासा भएको छ । बटेश्वर गाउँपालिकाकी उपाध्यक्ष प्रमिलादेवी महतोले विगत ३ वर्षदेखि गाउँपालिकाकाले उपलब्ध गराएको सरकारी गाडी स्कुटीमा ज १० प ९१८२ को निजी नम्बर प्लेट राखेर चढ्दै आएको खुलासा भएको हो ।

Advertisement

२०७४ साल असोज २ गते सकिएको तेश्रो चरणको स्थानीय निवार्चमा उनी निवार्चित भएपछि गाउँपालिकाले जनताको सहज पहुँचको लागि गाडी दिनुभन्दा पहिला नै उनले आफ्नै पैसाबाट गाडी खरिद गरेकी थिइन् । पछि गाउँपालिकाले उनलाई गाडी बापत करिब २ लाख रुपैयाँ दिएपनि गाडीको नम्बर प्लेट परिर्वतन नगरी निजी प्लेट नै राखेको पाइएको छ । स्थानीयका अुनसार उपाध्यक्ष महतोले ३ वर्षदेखि उक्त गाडीमा निजी नम्बर प्लेट नै लगाएकी छन् । यस्तै महतोका लागि दिइएको स्कुटी उनका श्रीमान र उनकी छोरीले चढ्दै आएका छन् । उपाध्यक्ष महतोलाई स्कुटी चलाउन नआउने बताइएको छ ।

गाउँपालिका उपाध्यक्ष महतोलाई पटक पटक गाडीमा सरकारी नम्बर प्लेट लगाउन भने पनि उनले आज लगाउँछु भोलि लगाउँछु भन्दै आलटाल गर्दै आइरहेको गाउँपालिका स्रोतले जनाएको छ । उपाध्यक्ष महतोको कार्यकाल सकिएपनि गाडीमा निजी नम्बर प्लेट भएकोले गाउँपालिकामा बुझाउन नपर्ने भएकोले यस्तो गरेको हुनसक्ने स्थानीयले बताएका छन ।

Advertisement

यता महतोले स्कुटी बापत गउँपालिकाले करिब पौने २ लाख रुपैयाँ दिएको स्वीकार गरेकी छन् । गाउँपालिकाले गाडीको पैसा दिएपनि गाडीमा निजी नम्बर रहेको प्रश्नमा गाउँपालिकाको हाकिमलाई भनेपछि कागजी प्रक्रिया पूरा गरेर सरकारी नम्बर प्लेट लगाइदिने भनेपनि कोरोना भाइरसको कारण चैत यता लकडाउन भएकाले नम्बर प्लेट परिवर्तन हुन नसकेको उनले बताइन् ।

यस विषयमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले स्कुटी गाउँपालिकाले खरिद गरेको जिकिर बताए । उनले स्कुटी गाउँपालिकाको नाममा रहेको बताए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top