आगामी शुक्रबारसम्म धेरैजसो ठाउँमा पानी पर्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

५ आश्विन, विराटनगर।
मंगलबारदेखि देशका सबैजसो नदीमा बहाव बढ्ने सम्भावना रहेको उल्लेख गर्दै तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

सोमबार बिहान बाढी पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै महाशाखाले नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । सोमबार बिहानको मापनअनुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य स्थिर अवस्थामा र सबैमा बहाव सतर्कता तहभन्दा तलै भए पनि मंगलबारदेखि लगातार केही दिन वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सोमबार कमला, वाग्मती र यसका सहायक नदीमा बहाव केही बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै कन्काईका केही स–साना नदीमा सोमबार राति आकस्मिक बहाव हुन सक्ने अुनमान पनि महाशाखाले गरेको छ ।

Advertisement

त्यस्तै प्रदेश एकको संखुवासभा, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर तथा वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ भई बहने केही स–साना नदीमा पनि आकस्मिक बहावको सम्भावना रहेको महाशाखाको पूर्वानुमान रहेको छ ।

त्यस्तै महाशाखाले असोज ६ गते रातिबाट देशका सबै नदीमा बहाव बढ्ने र असोज ७, ८, ९, १० गते देशैभरका नदीमा बहाव उच्च हुने पूर्वानुमान गर्दै असोज ७ देखि ११ गतेसम्म सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top