सुनचाँदीको मूल्य बढ्यो

८ असोज ७७, शुक्रबार

९ असोज, काठमाडौं । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

सुनको मूल्य आज तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ थियो । समग्रमा यो हप्ता सुनको भाउ तोलामा ३ हजार एक सय रुपैयाँ घटेको छ ।

हप्ताको पहिलो दिन आइतबार तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार दुई सय रुपैयाँ बढ्यो । तर मंगलबार तोलामा एक हजार ७ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ५ सय रुपैयाँमा झर्यो । त्यही भाउमा बुधबार र बिहीबार तोलामा एक हजार २ सय, एक हजार २ सय रुपैयाँ घटेको सुनको भाउ आज भने फेरि बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नाफा सुरक्षित गर्नको लागि सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । तर आज सुनको भाउ घटे पनि डलर मजबुत हुँदा नेपालमा भाउ बढेको हो ।

यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार १ सय ६० रुपैयाँ पुगेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top