टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय

९ असोज ७७, शनिबार

१० आश्विन, तनहुँ ।
तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् ।

कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार विद्यार्थीमा पठनपाठनप्रति उत्प्रेरणा जगाउन निर्देशन दिएसँगै विद्यालयले वडाभित्रका विभिन्न टोलमा सिकाई केन्द्र स्थापना गरेको हो ।

वडा शिक्षा समितिका संयोजक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, सम्पूर्ण टोल विकास संस्थाका अध्यक्ष र शिक्षकहरुको असोज ४ गते बसेको संयुक्त बैठकले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई विद्यार्थी सङ्ख्याको आधारमा पायक पर्ने ठाउँमा केन्द्र स्थापना गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक धु्रव वाग्ले क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार साँखर, नयाँवस्तीका लागि स्याउलीबजारमा, चवादी र कुर्लिङका लागि चवादीमा, नवप्रगति टोल र राधाकृष्ण टोलका लागि राधाकृष्णमा, लिलाचोक, भाटडाँडा, धामिकुना, सिम्ले, डौका, बन्द्रेका लागि लिलाचोकमा, मजुवा, नयाँबस्ती र शान्तिटोलका लागि मालेबगरमा र ढाण्डर शीतल बस्तीका लागि ढाण्डरमा केन्द्र स्थापना गरिएको छ ।

ती सिकाई केन्द्रहरुमा कक्षा एक देखि पाँचसम्मका विद्यार्थीलाई पठनपाठन गराइनेछ । स्याउलीबजारमा आइतबारदेखि मङ्गलबार, चवादीमा बुधबारदेखि शुक्रबारसम्म, राधाकृष्णमा आइतबारदेखि मङ्गलबार, लिलाचोकमा बुधबारदेखि शुक्रबार, मालेबगरमा आइतबारदेखि मङ्गलबार र ढाण्डरमा बुधबारदेखि शुक्रबारसम्म पठनपाठन हुनेछ ।

कक्षा ६ देखि ८ सम्मका अङ्ग्रेजी माध्यमका र कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई पनि विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइएको छ । नेपाली र अङ्ग्रेजी माध्यमका विद्यार्थीलाई पढाउन चार वटा भवन प्रयोग गरिएको छ । प्रधानाध्यापक वाग्लेका अनुसार कक्षा र ११ १२ को कक्षा सञ्चालन भने अनलाइन माध्यमबाट शुरु गरिएको छ ।

“बुधबारदेखि सिकाई केन्द्रबाट पठनपाठन शुरु भइसकेको र विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य रहेको छ,” उनले भने । उनका अनुसार यस भन्दा पहिला पनि टोल टोलमा नै पुगेर सिकाई सहजीकरण गरिएपनि बीचमा स्थगित गरिएको थियो । शुक्लागण्डकी नगरपालिकाले सिकाई सहजीकरणलाई निरन्तरता दिन आग्रह गरेपछि सिकाई केन्द्र स्थापना गरेर पुनः पठनपाठन शुरु गरिएको छ ।

उक्त विद्यालयमा पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । त्यस्तै म्याग्दे गाउँपालिका–३ मा रहेको पसले आधारभूत विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन शुरु गरेको छ । विद्यार्थीलाई सिकाई सहजीकरण गर्ने उद्देश्यले विद्यालयले टोल टोलमै पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेको हो ।

विद्यार्थीलाई पढाउनका लागि पसलेका तीन वटा ठाउँमा कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक विजयराज पोख्रेलले जानकारी दिए । उक्त ठाउँका शिवपञ्चायन मन्दिर, पसले बहुउद्देश्यीय भवन र लाङ्घाली मगर आमा समूहको भवनमा विद्यार्थी पढाउन केन्द्र स्थापना गरिएको छ ।

विद्यालयले शुक्रबारदेखि नै भर्ना अभियान पनि खुल्ला गरेको छ । भर्ना अभियानको पहिलो दिनमै २६ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । विद्यालयका शिक्षक हरि सिग्देलले विद्यालयमा नयाँ विद्यार्थीको आकर्षण बढ्नु खुशीको कुरा भएको बताए । (रासस)

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top