बाँकेमा एकैदिन ५० जना संक्रमणमुक्त भए

९ असोज ७७, शनिबार

१० आश्विन, बाँके ।
बाँकेमा कोरोनाबाट संक्रमित भएकाहरु दिनानुदिन ठूलो संख्यामा निको हुने क्रम निरन्तर जारी छ ।

सोही क्रममा शनिवार पनि जिल्लाका विभिन्न आइसोलेसनमा रहेका ५० जना एकैदिन संक्रमणमुक्त भएर घर फर्किनु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार शनिबार बाँकेका विभिन्न आइसोलेसनबाट निको भएर घर फर्किनेहरुमा भूमीसुधार तथा मालपोत कार्यालय बाँकेका लेखा अधिकृत सहित १५ जना कर्मचारी, जिल्ला प्रहरी कार्यालयका एक जना जुनियर अधिकृत सहित २३ महिला र २७ पुरुष गरी ५० जना रहेका छन् ।

उनले उनिहरुलाई भदौ २७ गते कोरोना संक्रमण देखिएपछि जिल्लाका विभिन्न आइसोलेसन केन्द्रहरुमा राखेर सामान्य खाले उपचार गरिएको बताए । कोरोना सम्पर्क व्यक्ति श्रेष्ठले आइसोलेसनमा रहँदा उनिहरुलाई कोरोनाको कुनै गम्भीर लक्षण नदेखिएकोले सरकारको मापदण्ड अनुसार समय पुरा भएकोले उनिहरुलाई घर पठाईएको बताए ।

Advertisement

उनले उनिहरुलाई घरमा पनि एक सातासम्म आइसोलेसनमा बस्न र कुनै समस्या भए स्वास्थय कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको बताए । शनिवार ५० जना निको भएर घर फर्किएसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४११ पुगेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ७ जना समेत गरी अझै ३५८ जना संक्रमित उपचाररत भर्ना रहेका छन् । ती मध्ये केहीको अवस्था गम्भीर समेत रहेको छ । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ७७४ पुगेको छ भने १२ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Advertisement

स्वास्थ्य कार्यालयले संक्रमित हुने भन्दा निको हुनेहरुको संख्या बढ्दै गएकाले छिटै संक्रमितहरु झनै घट्ने जनाएको छ ।(गोरखापत्र)

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top