डा.केसीको स्वास्थ्य खस्किँदै

१० असोज ७७, आइतबार

काठमाडौँ : स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएकाले कुनै पनि समय आईसीयूमा भर्ना गर्नुपर्ने स्थिति आउन सक्ने चिकित्सकहरूले औंल्याएका छन् । उनको मुटुको चालमा गडबडी देखिए वा संक्रमण भए स्थिति जोखिमपूर्ण हुने चिकित्सकहरूको भनाइ छ ।

‘अनशनको १३ दिन भइसक्यो, सरको स्वास्थ्यस्थिति उच्च जोखिममा छ । कुनै पनि समय आईसीयू लग्नुपर्ने स्थिति आउन सक्छ,’ उपचार टोलीका संयोजक प्रा.डा.सुवासप्रसाद आचार्यले कान्तिपुरसँग भने, ‘रगतसम्बन्धी प्रतिवेदनअनुसार सेतो रक्तकणिकाको संख्या एकदम कम भएकाले संक्रमणको उच्च जोखिम छ ।’ अनशनका कारण उनको शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट पोटासियम, म्याग्नेसियम, सोडियम, क्याल्सियम, फोस्फोरस र रगतमा सेतो रक्तकणिकाको संख्यासमेत सामान्य स्तरभन्दा निकै तल गइसकेको छ ।

शरीरमा पोटासियमको स्तरमा आएको कमीले गर्दा डा.केसी मांसपेशी बाउँडिने, गल्ने, कमजोर हुने समस्या भोग्दै छन् । यसले गर्दा मुटुको चालमा असामान्यता आउने सम्भावना समेत छ । सुगरको कमी हुँदा मस्तिष्कमा समेत समस्या उत्पन्न गर्न सक्ने जोखिम छ । जुम्लाबाट १९ औं सत्याग्रह थालेका डा.केसी चार दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका हुन् ।

Advertisement

हाल उनलाई थकाइ, रिंगटा, धड्कन, मांसपेशी बाउँडिने र दुखाइको समस्यासमेत देखिएको छ । यस्तै शरीरमा भएको इलेक्ट्रोलाइटको असन्तुलन र कडा इलेक्ट्रोलाइटको कमीले गर्दा डा.केसीमा ईसीजीमा परिवर्तन, असामान्य धड्कन र स्नायुसम्बन्धी समस्यासमेत देखिन सक्ने उपचारमा संलग्न चिकित्सकहरूले औंल्याएका छन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top