×

NEPAL TIMES UPDATES

Playing
साक्षीको बकपत्र गर्दा सरकारी वकीलको अनिवार्य उपस्थिति|| Nepal Times
Apr 28, 2026
Playing
नयाँ शैक्षिक सत्रको भर्ना आजदेखि सुरु || Nepal Times
Apr 28, 2026
Playing
रुसले इरानलाई सहयोग गर्ने, पुटिनलाई भेटेर अराघचीले भने असफल अमेरिका वार्ता गर्न चाहान्छ| Nepal Times
Apr 28, 2026
Playing
३ दिनमा १० हजार सुकुम्बासी प्रभावित, मनोहरामा विद्यालयसहित सबै घर भत्काइए|| Nepal Times
Apr 28, 2026
Playing
आज र भोलि यी स्थानमा भारी वर्षाको सम्भावना|| Nepal Times
Apr 28, 2026
Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026

वर्षको ६ पटकसम्म ५ लिटर मदिरा र १० लिटर जाँड घरेलु रूपमा उत्पादन गर्न दिने सर्वोच्को फैसला

१३ आश्विन २०७७

१३ आश्विन, काठमाडौँ ।
वर्षको ६ पटकसम्म तोकिएको मात्रामा घरेलु मदिरा उत्पादन गर्न रोक नलगाउनू भन्दै सर्वोच्च अदालतले फैसला गरेको छ ।

अनुमतिविनाको मदिरा उत्पादन रोक्न माग राखी दायर रिट–निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले ‘चाडबाड, रीतिरिवाज र संस्कृति’का लागि भन्दै मात्रा तोकेको हो । न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले गरेको फैसलाको पूर्णपाठमा एकपटकमा पाँच लिटर मदिरा र १० लिटर जाँड घरेलु रूपमा उत्पादन गर्न दिनू भन्ने उल्लेख छ ।

Advertisement
Advertisement

सर्वोच्च अदालतले मदिरा ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार यस्तो आदेश दिएको हो । ‘मदिरा ऐन २०३१ को दफा ७ अनुसार निजी उपयोगका निमित्त तोकिएको मात्रामा रक्सी वा जाँड बनाउन पाउने व्यवस्था गरेको देखिन्छ,’ २०७६ माघ ५ गतेको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा भनिएको छ, ‘मदिरा निययमहरू २०३३ को नियम ७ मा उल्लेख भएअनुसार एकपटकमा ५ लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन दिनू । वर्षको ६ पटकसम्म मात्रै बनाउन दिनू ।’

यस्तो बन्देज हेर्दा घरेलु रूपमा उपयोग हुने गरी मात्रै अनुमति दिइएको देखिन्छ । सर्वोच्चले निर्देशनात्मक आदेशमा भनेको छ, ‘यसरी रक्सी वा जाँड बनाउँदा त्यसको सूचना अन्तःशुल्क अधिकारीलाई दिनुपर्ने व्यवस्था कार्यान्वयन गर्नू ।’

सर्वोच्च अदालतको व्याख्याअनुसार अब घरेलु मदिरा उत्पादन गर्नेले वर्षभरिमा ३० लिटर मदिरा र ६० लिटर जाँड उत्पादन गर्न पाउँछन् । यो परिमाण हेर्दा इच्छुकहरूले दैनिक ८३ मिलिलिटर मदिरा र १ सय ६५ मिलिलिटर जाँड घरेलु रूपमा उत्पादन गरी खपत गर्न पाउनेछन् ।

कानुन न्याय तथा सामाजिक कल्याण मञ्च नेपालका अध्यक्ष एवं अधिवक्ता जगन्नाथ मिश्रले घरेलु रूपमा उत्पादित मदिराले नागरिकको स्वास्थ्यमा नकारात्मक असर गरेको, अपराध बढेको र अखाद्य पदार्थको प्रयोगबाट बनाइएको मदिराको सेवनबाट नागरिकको ज्यान जाने गरेको भन्दै त्यसलाई कडाइसाथ रोक्न माग राखी सर्वोच्चमा मुद्दा हालेका थिए ।

त्यही संस्थाले गरेको दाबीअनुसार कुल मदिरा सेवनकर्तामध्ये ६९ प्रतिशतले अनुमति नलिई उत्पादित घरेलु मदिरा सेवन गर्ने गरेको पाइएको थियो । गृह मन्त्रालयले भने संस्थाको उक्त अध्ययन प्रतिवेदनमाथि नै प्रश्न उठाएको थियो ।

आफू र मातहतका निकायले मदिरा नियन्त्रणका लागि पहल गरिरहेको दाबी गर्दै गृह मन्त्रालयले २०७४ साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा अवैध रूपमा उत्पादित १ लाख ७ हजार लिटर मदिरा बरामद भएको विवरण पेस गरेको थियो ।

त्यस क्रममा करिब २४ सय बोतल बियर बरामद भएको थियो । विवरणमा मदिरा बनाउने ६९ हजार लिटर कच्चा पदार्थ बरामद भएको उल्लेख थियो । गृहको दाबीअनुसार त्यसअघिका तीन आर्थिक वर्षमा ४ लाख ३ हजार लिटर मदिरा र १ लाख ६६ हजार किलो कच्चा पदार्थ बरामद भएको थियो ।

त्यस्तै १० लाख ५० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद भएको थियो । यसअघि पनि यस्तै मुद्दामा निर्देशनात्मक आदेश दिइएको भन्दै सर्वोच्चले सूचना नदिई रक्सी वा जाँड उत्पादन गर्ने कामलाई निरुत्साहित गर्न र कडाइसाथ अनुगमन गर्न भनेको छ ।

Advertisement

अनुमति लिएर उत्पादित मदिराका बोतलहरूमा अन्तःशुल्कको स्टिकर टाँसे–नटाँसेको हेर्न पनि आदेशमा उल्लेख छ । जुरी नेपाल नामक संस्थाले दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले १३ बुँदे निर्देशनात्मक आदेश जारी गरेको थियो ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top