×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

नास्पाती बिक्रीबाट वार्षिक पाँच करोड भित्र्याउँदै दक्षिणकाली

१५ आश्विन २०७७

१५ असाेज, काठमाडाैँ ।

दक्षिणकाली नगरपालिकामा नास्पातीको व्यापारबाट वार्षिक रु पाँच करोड भित्रिने गरेको छ । नास्पातीका लागि नगरपालिकास्थित छैमले नेपालमै प्रसिद्ध मानिन्छ ।

Advertisement
Advertisement

नगरपालिकामा नास्पातीका करिब सात हजार बोट छन् । साविकको छैमले गाविस हाल नगरपालिकाको वडा नं ८ मा सबैभन्दा बढी नास्पातीका रुख छन् । वडा नं ९, ३ र ४ मा समेत नास्पाती खेती गरिएको छ ।

नगर प्रमुख मोहन बस्नेत आधुनिक प्रविधिबाट नास्पाती खेती गरी कृषकको जीवनस्तर उठाउन नगरपालिका लागिपरेको बताउनुहुन्छ । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/२०७६ देखि नास्पाती ब्लक निर्माण गरी खेती गर्न सहयोग गर्दै आएको छ । दुई आर्थिक वर्षसम्म वार्षिक रु ५० लाखका दरले प्रदेश सरकारबाट नास्पाती प्रवद्र्धनका लागि प्राप्त भएको कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत रविकुमार केसीले राससलाई जानकारी दिए ।

वार्षिकरूपमा प्रदेश सरकारले दिएजति नै स्रोत उपभोक्ताबाट समेत जुटाएर नास्पाती खेतीलाई व्यावसायिकरूपमा विकास गर्न लागिएको नास्पाती ब्लक व्यवस्थापन समितिका अध्यक्ष कविता अधिकारीले बताए । नगरपालिकामा हाल करिब पाँच हजार रोपनी क्षेत्रफलमा नास्पाती रोपिएको छ । खेत, बारीको छेउ र भित्तामा नास्पाती रोपी बीचमा भने मकै, धान, कोदो, तोरी, भटमास जस्ता अनाज लगाउने गरिएको छ ।

साउन दोस्रो सातादेखि असोज दोस्रो सातासम्म यहाँ नास्पाती पाइन्छ । नास्पातीका लागि प्रसिद्ध स्थान छैमले भए पनि पहिले बजार रहेको स्थान फर्पिङ (शिखरापुर) भनी प्रचारप्रसार गरिएकामा वडा नं ८ का सदस्य कुमार बलामीको आपत्ति छ । वडा नं ८ मा नास्पाती र वडा नं ९ मा लप्सीको खेती उल्लेख्य हुने गरेको छ । लप्सीको समय भने कात्तिकपछि शुरु हुन्छ । करिब दुई महिनासम्म लप्सीको व्यापार हुने गरेको छ । वाग्मती प्रदेश सरकारले वडा नं ९ मा लप्सी ब्लक व्यवस्थापनका लागि पनि रु ५० लाख बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।

यस क्षेत्रमा वार्षिक रु ५० लाखभन्दा बढी नास्पाती व्यापार गर्ने दुई व्यवसायी रहेको समितिले जनाएको छ । यस वर्ष रु ८५ लाखको नास्पाती व्यापार गरिसकेको वडा सदस्यसमेत रहेका व्यवसायी बलामी सुनाउँछन् । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष मूल्य पाउन नसकिएको किसानको अनुभव छ । एउटै दानामा सवा किलोसम्मको नास्पाती यहाँ उत्पादन हुने गरेको छ ।

“विगत वर्षमा सडकमा ल्याएर बेच्दा बढी मूल्य पाइन्थ्यो, यस वर्ष कोरोनाका कारण सार्वजनिक यातायात नचलेकाले मूल सडकमा आवतजावत कम भयो, यसैले ठेकेदार नास्पाती लिन घर घरमै आएकाले विगतभन्दा कम मूल्य प्राप्त भयो, बोटबाटै ठेकेदारले नास्पाती किनेर लगे”, उनले भने ।

ठूलो जातका नास्पाती काठमाडौँमै बिक्री वितरण हुने गरेको छ । सानो जातका नास्पाती भने तराइतिर निर्यात गरिन्छ । साना नास्पातीको तराईमा लगेर जुससमेत बनाइन्छ । दक्षिणकालीमा उत्पादन हुने नास्पातीलाई तीन वर्गमा विभाजन गरी बिक्री गरिन्छ । यस वर्ष ठूलो नास्पाती प्रतिकेजी रु २५ देखि रु ५० सम्ममा बिक्री गरियो । यसैगरी मझौला जातका नास्पाती रु रु १५ देखि रु २५ सम्ममा बिक्री भयो ।

सानो जातका नास्पाती भने रु सात देखि रु १५ सम्ममा बोटबाटै बिक्री गरिएको ब्लक व्यवस्थापन समितिका सचिव दशरथ बलामीले राससलाई जानकारी दिए । बीचमा अरु बाली लगाएर छेउ कुनामा लगाइएको नास्पातीलाई छुट्टै कुनै औषधि नगरिने भएकाले ‘अर्गानिक’ उत्पादन हुने गरेको छ । फेदमा कमिला लाग्ने गरेकाले नीलोतुथोलगायत जडीबुटीमा चुन मिसाएर फेदमा पोत्ने गरिएको छ ।

छैमलेमा १५० वर्षसम्मका पुराना नास्पातीका रुख छन् । नगरपालिकाले नौवटै वडामा नास्पाती खेती बिस्तार गर्न वडा वडामा बजेट विनियोजन गरेको नगर प्रमुख बस्नेत सुनाउनुहुन्छ । नगरपालिकालाई नास्पाती क्षेत्रका रूपमा विकास गर्न आधुनिक प्रविधिबाट खेती गराउने लक्ष्य छ । नास्पातीका क्यान्डी, जुस जस्ता उत्पादनसमेत बढाएर बजार प्रवद्र्धन गराई कृषकलाई आत्मनिर्भर बनाउने नीति लिएको छ ।

Advertisement

प्रदेश सरकारले वडा नं २, ३ र ४ मा तरकारी ब्लक व्यवस्थापनका लागि पनि रु २५ लाख बजेट विनियोजन गरेको छ । दक्षिणकाली नगरपालिकालाई फलफूल र तरकारीको केन्द्रका रुपमा विकास गर्न तीनै तहका सरकारबाट सहयोग जुटाएर काम भइरहेको नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङले सुनाए ।रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top