समस्यामा परेका ४ खेलाडीलाई राखेपले गर्याे आर्थिक सहयोग

१७ असोज ७७, आइतबार

१८ असोज, काठमाडौँ ।
राष्ट्रिय र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचार खर्च प्रदान गरेको छ । काठमाडौमा आइतबार एक कार्यक्रमको आयोजना गरी कल्याणकारी कोषले नेपाली पूर्व र वर्तमान खेलाडीलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो ।

एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बताए । एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ । क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो । उक्त रकम राईकी धर्मपत्नी मन्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरिएको हो । राईका ८ वर्षीय छोरा संकल्प पनि आँखाको क्यान्सरबाट पीडित छन् । सो रोगबाट उनको दुवै आँखाको ज्योति पनि गुमेको छ ।

सदस्य सचिव सिलवालले पूर्व तथा वर्तमान खेलाडी र प्रशिक्षकहरुको बीमा गर्न सके सहयोगबाट बञ्चित हुने अवस्था नआउने बताए । उपचार रकम जुटाउन सक्नेलाई समेत राज्य र संघको तर्फबाट भएकाले सहयोगले सम्मान हुने उनले बताए ।

आइतबार नै बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको छ । तीनैलाई घुडाको समस्या छ । मनीषाको रकम नेपाल कबड्डी संघका प्रतिनिधिले बुझाउने गरी बुझेका छन् । राखेपका सदस्य–सचिवएवं कोषका अध्यक्ष सिलवालले उनीहरुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

२०६८ सालमा स्थापना भएको खेलाडी कल्याणकारी कोषले समस्यामा परेका खेलाडीलाई सहयोग गर्दै आएको छ । यस अघि कोषले २०७२ सालको महाभुकम्पमा ज्यान गुमाएका खेलाडी, प्रशिक्षक र खेल पत्रकार गरी १२ परिवारलाई समान १–१ का दरले आर्थिक सहयोग उपलब्ध गराएको थियो । भुकम्पकै कारण अन्य क्षति व्यहोरोका ८० खेलाडीलाई जनही २० हजारका दरले आर्थिक सहयोग प्रदान गरेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top