डा. गोविन्द केसीलाई अनशन तोड्न नेकपाको आग्रह

डा. गोविन्द केसीलाई अनशन तोड्न नेकपाको आग्रह

२० असोज, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अनसनरत डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ औं अनसन बसेका केसीको अधिकांश माग पुरा भएको र केही पुरा हुने क्रममा रहेकाले अनसन तोड्न नेकपा सचिवालय आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अहिले कोरोनाले देशलाई अफ्ठ्यारो पारेको अवस्थामा कोरोना नियन्त्रण र रोकथाममा सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्ने भएकाले छलफल गर्नुपर्न अन्य विषयमा छलफल गर्न सकिने उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.