पछिल्लाे २४ घण्टामा ११२६ कोरोना संक्रमित निको भएर घर फर्किए

 २१ असाेज, काठमाडाैँ ।

नेपालमा आज ११ सय २६ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार १ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ८ सय ५१, बागमती प्रदेशमा २३ हजार १ सय ६ र गण्डकी प्रदेशमा ३ हजार ९ सय २५ जना डिस्चार्ज भएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा १० हजार ४२, कर्णाली प्रदेशमा ३ हजार ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय ९७ जना गरी देशरी ६८ हजार ६ सय ६८ जना संक्रमित निको भएर घर फर्किएका छन ।

आज ३ हजार ४ सय ३९ जना कोरोना  संक्रमित थपिएसँगै देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ । संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ र होम आइसोलेसनमा १४ हजार ४ सय ११ जना संक्रमित उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यसअघि मन्त्रालयले २५ हजार संक्रमित पुगेमा लक डाउन गर्न सकिने गरी निर्णय गर्न सिफारिस गरेको थियो ।

आज आइसियुमा २ सय ३३ र भेन्टिलेटरमा ३७ जना संक्रमित उपचाररत रहेका छन् । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । ५ महिला र १० पुरुष गरी आज १५ जनाको मृत्यु भएको हो ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top