NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक बुधबार मंसिर १० , २०८२
भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ? बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण बुधबार मंसिर १० , २०८२
रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी बुधबार मंसिर १० , २०८२
Next
Prev

समाचार

चार्जिङ स्टेशन निर्माण गर्न चाहनेलाई सहज ऋण दिन राष्ट्र बैंकको निर्देशन

आइतवार पुस १३ , २०७६
Reading Time: 1 min read
A A
चार्जिङ स्टेशन निर्माण गर्न चाहनेलाई सहज ऋण दिन राष्ट्र बैंकको निर्देशन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ पुस, काठमाडौँ । 

 नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि चार्जिङ स्टेशन स्थापना गर्ने विषयलाई समेत कर्जा उपलब्ध गराउने प्रमुख प्राथमिकता प्राप्त क्षेत्रका रुपमा समावेश गरेको छ । पछिल्लो समयमा विद्युत् उत्पादनको मात्रा बढ्दै गएको र देशभित्र विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने लक्ष्य सरकारले राखेको सन्दर्भमा केन्द्रीय बैंकले विद्युतीय चार्जिङ स्टेशन निर्माणलाई समेत बढावा दिन प्राथमिकता प्राप्त क्षेत्रमा सूचीकृत गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले चार्जिङ स्टशेन निर्माण गर्न चाहनेलाई सहजरुपमा ऋण दिने व्यवस्था गर्नुपर्ने बैंकको निर्देशनमा उल्लेख छ । केन्द्रीय बैंकले हालै जारी गरेको निर्देशनमा भनिएको छ, ‘जलविद्युत् नवीकरणीय ऊर्जासम्बन्धी क्षेत्र तथा नवीकरणीय ऊर्जाबाट चल्ने सार्वजनिक सवारी साधन एवं चार्जिङ स्टेशनलाई समेत जनाउनेछ ।’

LS Auto

बैंकको यस व्यवस्थाले चार्जिङ स्टशेन निर्माण गर्न चाहने व्यवसायीलाई फाइदा पुग्नेछ । सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढवा दिने लक्ष्यका साथ काम गरिरहेको छ । आगामी १० वर्षभित्र देशैभर विद्युतीय सवारी साधनको मात्रालाई बढाएर ३० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यका र प्रमुख राजमार्गमा ५० वटा चार्जिङ स्टशेन निर्माणको कामलाई अगाडि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चार्जिङ स्टेशनको कार्यविधि नै बनाई त्यसको व्यावहारिक तथा प्राविधिक तयारीका लागि नेपाल विद्युत् प्राधिकरणलाई निर्देशनसमेत दिएको छ । प्राधिकरणले चार्जिङ स्टेशन निर्माणका लागि प्राविधिक तयारी गरिरहेको छ । यस्तै निजी क्षेत्रलेसमेत चार्जिङ स्टेशन निर्माणको प्रक्रिया शुरु गरिसकेका छन् । निजी क्षेत्रकोतर्फबाट सुन्दर यातायातले चार्जिङ स्टेशन नै निर्माण गरिसकेको छ । सुन्दर यातायातले हाल राजधानीको चक्रपथमा विद्युतीय सवारी साधन चलाइरहेको छ ।

राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले झन सहजता थप्ने व्यवसायीको भनाइ छ । ऋण लिन चाहनेलाई केन्द्रीय बैंकको व्यवस्थाले सहजीकरण गरेको टिप्पणी व्यवसायीले गरेका छन् । यस्तै बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा अनिवार्यरुपमा कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई पुनः निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले राष्ट्रिय आवश्यकता र सरकारको चाहनाअनुसार प्राथमिकता प्राप्त क्षेत्रका रुपमा तोकिएका क्षेत्रमा अनिवार्यरुपमा कर्जा प्रवाह गर्न निर्देश गरेको हो । इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले प्राथमिकता प्राप्त क्षेत्रमा आनो कूल कर्जा तथा सापटको न्यूतम क्रमशः २५ प्रतिशत, १५ प्रतिशत र १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने यसअघिको निर्देशनलाई समेत पुनःस्मरण गराएको छ । तोकिएका क्षेत्रमा कर्जा प्रवाह नगरे कारवाहीसमेत हुने केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ ।

‘क’ वर्गका वाणिज्य बैंकले कृषिमा अनिवार्यरुपमा १० प्रतिशत र कृषि क्षेत्रबाहेकका तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ । वाणिज्य बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिने वा प्राप्ति गर्ने प्रक्रिया जारी रहेकाले प्राथमिकता प्राप्त क्षेत्रका कर्जा पु¥याउनुपर्ने अवधि २०७८ असार मसान्तसम्म कायम गरिएको छ । यसअघि त्यस्तो व्यवस्था २०७७ असार मसान्त रहेको थियो ।

बैंकले सो व्यवस्थाअनुसार कर्जा प्रवाह नगरेको खण्डमा न्यूनतमरुपमा पु¥याउनुपर्ने रकममा हुन आउने नपुग रकम नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार अधिकतम व्याजदरले हुन रकम हर्जाना लाग्नेछ । त्यस्तो हर्जना लगाउँदा नपुग रकमको त्रैमासिकरुपमा आउने व्याज रकम निर्धारण गरी सोही बराबरको हर्जना कायम गरिने बैंकको निर्देशनमा उल्लेख छ ।

केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको २५ प्रतिशत कर्जा नपुगेमा नपुग रकममा हर्जना लगाउनेछ । यस्तै कृषि क्षेत्रमा १० प्रतिशत कर्जा प्रवाह नभएको र कृषिबाहेकका तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा १५ प्रतिशत कर्जा प्रवाह नभएको खण्डमा समेत अपुग रकममा हर्जना लाग्नेछ ।

प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह हुने कर्जा गणना गर्दा छ महिना अघिको कूल बाँकी कर्जा तथा सापटका आधारमा प्रत्येक त्रैमासिक गणना हुने राष्ट्र बैंकको भनाइ छ । बैंकले प्राथमिकता प्राप्त क्षेत्र भनेर कृषि, जलविद्युत्, ऊर्जा, पर्यटन र निर्यातमूलक उद्योग, साना तथा मझौला उद्योग, औषधि उत्पादन उद्योग, सिमेन्ट एवं गार्मेन्ट उद्योगलाई समावेश गरेको छ ।

कृषिमा पनि अन्न, तरकारी तथा नगदेबाली, चिया कफी, सुर्ती, सनपाट, फलफूल तथा पुष्पखेती, पशुपक्षी तथा माहुरीपालन, मलखाद तथा किटनाशक, शीतभण्डार, सिँचाइ, वन पशु तथा पक्षी बधशाला, माछापालन, चिया कफी, अदुवा र फलफूल प्रशोधन केन्द्र तथा आन्तरिक कृषिउपजको प्राथमिकरुपमा हुने प्रशोधनसमेत पर्नेछ ।

यस्तै बैंकले पर्यटन क्षेत्रमा ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, रिसोर्ट, ¥याफ्टिङ, टुर अपरेटर, होटल, पर्यटक आवास, ग्रामीण पर्यटन, होमस्टे, पर्यावरणीय पर्यटनलाई जोड दिइएको छ । त्यस्तै सांस्कृतिक, धार्मिक तथा खेलकूद पर्यटनलाई समेत प्राथमिकता प्राप्त क्षेत्रका रुपमा सूचीकरण गरिएको छ । बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह होओस् भन्ने लक्ष्यका साथ बैंकले पुनःबैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको हो । –रमेश लम्साल/रासस

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै
ताजा समाचार

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण
ताजा समाचार

धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण

बुधबार मंसिर १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.