मैदान अभावबीच नेपालले पायो विश्वकपको एसिया छनोट खेल खेलाउने जिम्मा

१ भदाै, विराटनगर । नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट म्याच हुने एउटामात्र मैदान छ । यो मैदानमा अन्तर्राष्ट्रियस्तरको पहिलो क्रिकेट म्याच एसीसी ट्रफी अन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो । त्यसयता अन्तर्राष्ट्रिय म्याचहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै भइरहेका छन् । उक्त मैदान अन्तर्राष्ट्रियमात्र नभएर राष्ट्रिय र स्थानीय खेल खेल्ने एक मात्र मैदान पनि… Continue reading मैदान अभावबीच नेपालले पायो विश्वकपको एसिया छनोट खेल खेलाउने जिम्मा

नेपालको यु-२० फुटबल टोलीमा कप्तानको जिम्मेवारी कुशललाई

३२ साउन, विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु-२० फुटबलमा कप्तानको जिम्मेवारी कुशल देउजालाई दिएको छ । आइतबारदेखि सुरु हुने यु–२० साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानको जिम्मेवारी मिडफिल्डर कुशलले पाएका हुन् । यसअघि नेपाली यु–१९ टोलीबाट खेलिसकेका कुशलले गत वर्ष भएको नेपाल सुपर लिग (एनएसएल) को विसता टिम ललितपुर सिटी एफसीबाट सिनियर… Continue reading नेपालको यु-२० फुटबल टोलीमा कप्तानको जिम्मेवारी कुशललाई

रष्ट्रिय रग्बी सेभेन्स आजदेखि सुरु

२० जेठ, काठमाण्डौ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले रग्बीबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताएका छन् । भक्तपुरस्थित सानोठिमी चौरमा शनिवारबाट आयोजना भएको राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटनपछि बोल्दै युवा तथा खेलकुदमन्त्री लिम्बूले सगरमाथाको देश, बुद्धको देशबाट नेपाल अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाए जस्तै रग्बीले पनि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउनसक्ने बताएका हुन् । त्यसका लागि… Continue reading रष्ट्रिय रग्बी सेभेन्स आजदेखि सुरु

खेलाडी विदेश पलायनः बाध्यता कि रहर ? भोको पेटले कहिलेसम्म राष्ट्रका लागि खेल्ने ?

२२ साउन,काठमाण्डौ । खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ । हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन् । जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन् । यसले नेपालको खेल क्षेत्रको वर्तमान र भविष्यलाई नै धरापमा धकेलिदिएको छ । केही दिनअघि मात्रै… Continue reading खेलाडी विदेश पलायनः बाध्यता कि रहर ? भोको पेटले कहिलेसम्म राष्ट्रका लागि खेल्ने ?

प्रदेश १का अन्तर्राष्ट्रिय खेलाडीलाई खेलकुद बोर्डले सम्मान गर्ने

१७ असार,विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले ओलम्पिक, एसियन र साफ गेममा सहभागि खेलाडीलाइ सम्मान गर्ने भएको छ । बोर्डले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असार १९ गते विराटनगरमा खेलाडीहरुलाई सम्मान गर्ने जानकारी दिएको हो । सो अवसरमा प्रदेश १ बाट हालसम्म अन्तर्राष्ट्रियस्तरको स्पर्धामा सहभागि खेलाडीको बृहत भेलाको आयोजना गर्न… Continue reading प्रदेश १का अन्तर्राष्ट्रिय खेलाडीलाई खेलकुद बोर्डले सम्मान गर्ने

नेपालका बलिङ प्रशिक्षकलाई अमेरिकाले भिसा दिएन

७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कोच धम्मिका प्रसादलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको भन्दै उनले ट्वीट गरेका छन् । क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल अमेरिका जाँदै छ । नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट धम्मिका नेपाली टिमलाई बलिङको प्रशिक्षण दिन अमेरिका जान लागेका… Continue reading नेपालका बलिङ प्रशिक्षकलाई अमेरिकाले भिसा दिएन

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.