नागरिकता विधेयकलाई रविले भने राष्ट्रहितविरुद्ध

१७ जेठ, काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो। अहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो। गत जेठ… Continue reading नागरिकता विधेयकलाई रविले भने राष्ट्रहितविरुद्ध

नागरिकता विधेयकको छिनोफानो अब संसदबाटै

२३ माघ, काठमाण्डौ । सरकारले लामो समयदेखि अड्किएको नागरिकता लगायत प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकहरुलाई संसदमा प्रस्तुत गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रस्तुत गर्ने विधेयकहरुका बारेमा छलफल गर्न आज बोलाएको बैठकमा जनसरोकारसँग जोडिएका बिभिन्न विधेयकहरुलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरुसँग… Continue reading नागरिकता विधेयकको छिनोफानो अब संसदबाटै

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिट, शुक्रबारलाई पेसी

६ असोज, काठमाण्डौ । नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गरेको भन्दै राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता भएको छ । राष्ट्रपति कार्यालयले दुवै संसद्‍बाट पास भएको विधेयक प्रमाणीकरण नगर्दा संविधान विपरीत भएको भन्दै त्यसविरुद्ध रिट परेको हो । सर्वोच्च अदालत स्रोतका अनुसार अधिवक्ता सुनिलरञ्जन सिंहले दर्ता गराएका रिटको पेसी शुक्रबारका लागि तोकिएको छ… Continue reading राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिट, शुक्रबारलाई पेसी

राष्ट्रपतिले नागरिकता विधेयक शीतल निवासमै थन्क्याउने !

४ असोज, काठमाण्डौ । संघीय संसद्का दुवै सदनबाट दोस्रोपटक बहुमतले पारित भएर नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको आज १५ दिन भएको छ । संवैधानिक व्यवस्थाअनुसार आज राति १२ बजेसम्म यो विधेयक पारित गरिसक्नुपर्नेछ । सभामुखले प्रमाणित गरेर पठाएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्ने व्यवस्था वमोजिम आज लामो समयदेखि विवाद र वहसको विषय बनेको नागरिकता… Continue reading राष्ट्रपतिले नागरिकता विधेयक शीतल निवासमै थन्क्याउने !

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक अब के हुन्छ ?

३० साउन, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारी फिर्ता गरेको नागरिकता सम्बन्धी विधेयक अब संघीय संसद्मा पुनर्विचारका लागि प्रस्तुत हुने भएको छ । प्रतिनिधि सभा नियमावली, २०७५ अनुसार संविधानको धारा १ सय १३ को उपधारा ३ बमोजिम राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएमा प्रतिनिधि सभा बैठकमा पुनर्विचारका लागि प्रस्तुत हुने वा प्रतिनिधि सभाको सम्बन्धित समितिमा… Continue reading राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक अब के हुन्छ ?

नागरिकता विधेयक बारे प्रचण्डको नयाँ खुलासा , प्रचण्ड चितवन ३ बाटै चुनाव लड्ने

२५ साउन,काठमाण्डौ । जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई महत्वपूर्ण खुलासा गरेका छन । सरकारले निर्वाचनको मिति तोकिसकेको अवस्थामा प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् भने संसद्बाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेको नागरिकता विधेयक फिर्ता भए सरकारले फेरि पठाउने बताएका छन् । पत्रकार महासंघ… Continue reading नागरिकता विधेयक बारे प्रचण्डको नयाँ खुलासा , प्रचण्ड चितवन ३ बाटै चुनाव लड्ने

नागरिकता विधेयकका सन्दर्भमा विहे गर्ने पुरुषले मात्र हो, महिलाले गर्दैनन् ?? भनी एमालेका शेरबहादुर तामाङले गरे प्रश्न

६ साउन ,काठमाण्डौ । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले नागरिकता विधेयकमा नागरिकता प्रदान गर्ने व्यवस्था खुकुलो बनाइएको भन्दै आपत्ति जनाएका छन् ।शुक्रबार प्रतिनिधिसभामा जारी छलफलमा तामाङले वैवाहिक अंगीकृत नागरिकताको विषयमा विधेयकमा महिला र पुरुषलाई छुट्टै व्यवहार गरेको भन्दै उनले आपत्ति जनाएका हुन् । ‘विहे गर्ने पुरुषले मात्र हो रु महिलाले विहे गर्दैनन् र ?? पुरुषले… Continue reading नागरिकता विधेयकका सन्दर्भमा विहे गर्ने पुरुषले मात्र हो, महिलाले गर्दैनन् ?? भनी एमालेका शेरबहादुर तामाङले गरे प्रश्न

४ वर्षदेखि अड्किएको नागरिकता विधेयक फिर्ता भयो

२४ असार, काठमाडौं । संसदमा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ ।शुक्रबारको प्रतिनिधि सभा बैठक गृहमन्त्री वालकृष्ण खाणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे ।प्रस्ताव उपर छलफलमा भाग लिँदै सांसदहरुले फिर्ता लिन हुने र नहुने दुबै पक्षबाट मत प्रकट गरे । ४ वर्षसम्म संसदमा… Continue reading ४ वर्षदेखि अड्किएको नागरिकता विधेयक फिर्ता भयो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.