कोशीका पूर्वमुख्यमन्त्री कार्की भोलिदेखि आमरण अनशन बस्ने

२४ भदौ, विराटनगर ।  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मंगलबारदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन् । सोमबार पत्रकार महासंघ मोरङको सभाहलमा पत्रकार सम्मेलन गर्दै सत्तारूढ दल नेपाली कांग्रेसका नेतासमेत रहेका कार्कीले अनसन थाल्ने जानकारी दिएका हुन् । मंगलबार अपराह्न ४ बजेदेखि कोशी प्रदेशसभा अगाडि आमरण अनशन बस्ने उनले घोषणा गरेका हुन् । केदारले कोशीका… Continue reading कोशीका पूर्वमुख्यमन्त्री कार्की भोलिदेखि आमरण अनशन बस्ने

मोरङका सुनीललाई हलिउडको प्रशिद्ध ‘वाक अफ फेम’ सम्मान

२३ भदौ, विराटनगर । मोरङ घर भएका नाटक निर्देशक तथा अभिनेता सुनील पोखरेल हलिउडको प्रसिद्ध ‘वाक अफ फेम’ सम्मान पाएका छन् । यससँगै पोखरेल पहिलोपटक ‘वाक अफ फेम’मा समावेश हुने नेपाली कलाकार बनेका छन् । यो सम्मान पाउने व्यक्तिको नाम अमेरिकाको लस एन्जलसस्थित उक्त पर्यटकीय क्षेत्रमा राखिन्छ । सुनीलको नाम अमेरिकाको लस एन्जलसस्थित उक्त पर्यटकीय… Continue reading मोरङका सुनीललाई हलिउडको प्रशिद्ध ‘वाक अफ फेम’ सम्मान

कोशी अस्पतालमा उपचाररत कैदीको मृत्यु, धरौटी तिर्न नसकेर थिए कारागारमा

२३ भदौ, विराटनगर । मोरङ कारागारमा रहेर कैदभुक्तान गरिरहेका एक कैदीको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका-४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङ रहेका छन् । मोटरसाइकल चालक मुद्दामा कैद भुक्तान गरिरहेका तामाङको आइतबार बिहान कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कारागारका जेलर चेतनाथ बरालले जानकारी दिए ।… Continue reading कोशी अस्पतालमा उपचाररत कैदीको मृत्यु, धरौटी तिर्न नसकेर थिए कारागारमा

झापामा दुई महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा समातिए चार जना

२३ भदौ, झापा । झापाको दमकमा भएको गौ हत्यामा संलग्न आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गोठमा बाँधेर राखिएको दुई महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा झापा प्रहरीले चार जनालाई समातेको हो । मंगलबार राति दमक नगरपालिका-२ बस्ने ६७ वर्षीय लक्ष्मण विष्टको वडा नम्वर १ मा रहेको गोठबाट गाई चोरेर हत्या गरिएको… Continue reading झापामा दुई महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा समातिए चार जना

सरकारले दोहोरो नीति लिएको भन्दै बालेनको आपत्ति, भने- सरकार आफैं धामी, आफैं झाँक्री

२३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) आइतबार बिहान सामाजिक सञ्जालमा संघीय सरकारलक्षित हुँदै स्टाटस लेखेका छन् । महानगरसँग जोडिएको पछिल्लो प्रकरणमा संघीय सरकारले दोहोरो नीति लिएको भन्दै उनले आपत्ति जनाएका हुन् । बालेनले नयाँ मापदण्डअनुसार बनेका काठमाडौँ महानगर अन्तर्गत पर्ने कुनै पनि घर नभत्किने पनि बताएका छन् । यस्ता घर भत्काउनै… Continue reading सरकारले दोहोरो नीति लिएको भन्दै बालेनको आपत्ति, भने- सरकार आफैं धामी, आफैं झाँक्री

पुनः क्रान्ति गर्ने प्रचण्डको संकेत, भने- प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक

२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरू भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासकाविरुद्ध संघर्ष गर्नुपर्ने… Continue reading पुनः क्रान्ति गर्ने प्रचण्डको संकेत, भने- प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक

विराटनगरबाट पक्राउ परे सट्टेबाज दाजुभाइ

२२ भदौ, विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिकाबाट प्रहरीले सट्टेबाज दाजुभाइलाई समातेको छ । पक्राउ पर्नेहरूमा विराटनगर-१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याल रहेका छन् । मोरङ प्रहरीका अनुसार उनीहरू एउटै घरका दाजुभाइ हुन् । विभिन्न एप्समार्फत अनलाइन सट्टेबाजीसम्बन्धी गैरकानुनी क्रियाकलाप गर्दै आएका उनीहरूलाई घरबाटै भदौ १८ गते पक्राउ गरिएको प्रहरीले… Continue reading विराटनगरबाट पक्राउ परे सट्टेबाज दाजुभाइ