नेपाल भ्रमण सकेर पाकिस्तान उडे ज्याक मा

Jack Ma Photographer: Marlene Awaad/Bloomberg

१४ असार, काठमाडौं । मंगलबार काठमाडौं आइपुगेका चिनियाँ अर्बपति ज्याक मा आज पाकिस्तान तर्फ लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान ११ः२५ बजेको फ्लाइटमा ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका हुन् । उनी गत मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चार्टर गरेर नेपाल आएका थिए । ई कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक नेपालमा रहँदा द्वारिकाज… Continue reading नेपाल भ्रमण सकेर पाकिस्तान उडे ज्याक मा

भारतीय सेनाका प्रमुखलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने मन्त्रिपरिषद्को निर्णय

२९ साउन, काठमाडौं । सरकारले भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको छ ।नेपाली सेनाको मानार्थ महारथी पदवीबाट सम्मानित गर्न उनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय सरकारले गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भ्रमणको औपचारिक… Continue reading भारतीय सेनाका प्रमुखलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने मन्त्रिपरिषद्को निर्णय

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

१२ साउन, काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज बिहीवार नेपाल भ्रमणमा आउँदै छन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज र भोलि नेपालमा रहनेछन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अस्वीकार गरेको… Continue reading अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा

२ जेष्ठ, भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन् । बिहान साढे १० बजे भैरहवामा आइपुगेका उनी त्यहाँबाट सिधै लुम्बिनीमा रहेको मायादेवी मन्दिरतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी मोदीलाई हेलिप्याडमै पुगेर स्वागत गरे । नेपाल ओर्लिए लगत्तै मोदीले बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको प्रतिक्रिया दिएका थिए । मोदीले मायादेवी… Continue reading भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.