इन्डियन रेल बोकेर अमेरिका पुगे मोदी, बाइडेनलाई के दिए उपहार ?

६ असोज, एजेन्सी । सन् २००५ मा अमेरिकाले नरेन्द्र मोदीलाई भिसा दिन अस्वीकार गरेको थियो । जतिबेला मोदी गुजरातका मुख्यमन्त्री थिए । सन् २००२ को दंगालाई आधार बनाएर अमेरिकाले मोदीलाई भिसा दिन अस्वीकार गरेको थियो । तर तिनै मोदी भारतको प्रधानमन्त्री बनेपछि पटक पटक अमेरिकी राष्ट्रपतिका प्रमुख पाहुना बन्दै आएका छन् । तेस्रो कार्यकालका रुपमा… Continue reading इन्डियन रेल बोकेर अमेरिका पुगे मोदी, बाइडेनलाई के दिए उपहार ?

नरेन्द्र मोदीलाई पाकिस्तानको निम्तो

१५ भदौ , एजेन्सी । खेलकुदका प्रतियोगिताहरुमा समेत एकअर्काको देशमा जान नचाहाने भारत–पाकिस्तान विश्वमै सबैभन्दा कटु सम्बन्ध रहेको छिमेकी मुलुकमध्येमा पर्छन् । जो दक्षिण एसियाका दुई ठूला आणविक शक्ति सम्पन्न राष्ट्रसमेत हुन् । तर भारत र पाकिस्तानको आपसी कटुताले सम्पूर्ण दक्षिण एसियाको विकास कतिपय अवस्थामा अवरुद्ध हुन पुगेको छ । हाल भारतमा तेस्रो कार्यकालका लागि… Continue reading नरेन्द्र मोदीलाई पाकिस्तानको निम्तो

युक्रेनमा मोदी : रसिया-युक्रेन युद्धबीच आफूलाई शान्ति दूतका रूपमा प्रस्तुत गर्दै

७ भदौ, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेनको राजधानी किएभ पुगेका छन् । मोदी हाल युरोपेली दुई मुलुक पोल्यान्ड र युक्रेनको भ्रमणमा छन् । सोही सिलसिलामा शुक्रबार किएभ पुगेका मोदीले आज नै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । रूसले युक्रेनमा आक्रमण सुरु गरेको साढे दुई वर्ष बितिसकेको छ भने युक्रेनले रुसी भूमिमा… Continue reading युक्रेनमा मोदी : रसिया-युक्रेन युद्धबीच आफूलाई शान्ति दूतका रूपमा प्रस्तुत गर्दै

नरेन्द्र मोदीको निवासमाथि शंकास्पद ड्रोन

१९ असार, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निवास सात लोक कल्याण मार्गमाथि ड्रोन जस्तै शंकास्पद वस्तु उडेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली पुलिसले सोमबार बिहान ५ बजे एक फोन कल आएको थियो । पुलिसलाई प्रधानमन्त्री आवासमाथिको आकाशमा ड्रोन जस्तै केही वस्तु उडेको खबर आएपछि सतर्कता अपनाइएको थियो । समाचार एजेन्सी एएनआईका अनुसार… Continue reading नरेन्द्र मोदीको निवासमाथि शंकास्पद ड्रोन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा

२ जेष्ठ, भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन् । बिहान साढे १० बजे भैरहवामा आइपुगेका उनी त्यहाँबाट सिधै लुम्बिनीमा रहेको मायादेवी मन्दिरतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी मोदीलाई हेलिप्याडमै पुगेर स्वागत गरे । नेपाल ओर्लिए लगत्तै मोदीले बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको प्रतिक्रिया दिएका थिए । मोदीले मायादेवी… Continue reading भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा