आज पनि वर्षा र हिमपात, तीन प्रदेशमा मौसम बदली

२० कार्तिक , काठमाण्डौ । देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का… Continue reading आज पनि वर्षा र हिमपात, तीन प्रदेशमा मौसम बदली

कहाँ कहाँ भयो यो वर्षको पहिलो हिउँदे वर्षा ? कस्तो छ आगामी तीन दिनको मौसम ?

२४ मंसिर, काठमाण्डौ। नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । जसका कारण देशका केही स्थानमा यो वर्षको हिउँदको पहिलो वर्षा भएको छ । पश्चिमी वायुको प्रणालीको प्रभावले वर्षासँगै केही स्थानमा हिमपात समेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टा अर्थात सोमबार बिहान साढे ९ बजेसम्ममा कैलालीमा सबैभन्दा बढी ११.६ मिलिमिटर वर्षा… Continue reading कहाँ कहाँ भयो यो वर्षको पहिलो हिउँदे वर्षा ? कस्तो छ आगामी तीन दिनको मौसम ?

बंगालको खाडीको चक्रवातको असर नेपालमा

१६ मंसिर , काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको सामान्य तथा बंगालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ। विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी… Continue reading बंगालको खाडीको चक्रवातको असर नेपालमा

आज तीव्र हावाहुरी चल्ने, घर भित्रै बस्न सुझाव

२९ माघ, काठमाण्डौ । नेपालको पश्चिमी क्षेत्रमा हाल पश्चिमी वायुको प्रभाव बढ्दै गएको छ। जसका कारण आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार सुदूरपश्चिम र लुम्बिनीका तराई भेग र कर्णालीको दक्षिणी पहाडी भेगमा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसो १२ बजेपछि… Continue reading आज तीव्र हावाहुरी चल्ने, घर भित्रै बस्न सुझाव

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.