भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

१४ मंसिर , काठमाण्डौ । गण्डकी प्रदेशमा आयोजित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा आज राजनीतिक उत्साह र स्थानीयको विरोधले चासोपूर्ण बनेको थियो । १५ भन्दा बढी कम्युनिस्ट घटकहरू एउटै मञ्चमा उभिएर एकताको सन्देश दिइरहँदा पोखराको माहोल तातेको थियो। मञ्च सजावटदेखि कार्यकर्ताको उपस्थितिसम्म, सबै कुराले एउटा बलियो र एकीकृत शक्तिको निर्माण भइसकेको आभास… Continue reading भीम रावलको मन, मस्तिष्क र जिब्रोमा अझै एमाले ?

मदन भण्डारीलाई सम्झिदै ओलीको प्रचण्ड–माधवमाथि प्रहार

४ जेठ , काठमाण्डौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले कारबाही गरेका नेता भीम रावललाई माओवादी केन्द्रमा आउन आह्वान गरेका छन् । शनिबार रावलको गृह जिल्ला अछाम पुगेर दाहालले यस्तो आग्रह गरेका हुन् । एमालेबाट निष्कासित रावललाई माओवादीसँग सहकार्यमा आउन प्रचण्डको आग्रह छ । ‘कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ,’… Continue reading मदन भण्डारीलाई सम्झिदै ओलीको प्रचण्ड–माधवमाथि प्रहार

भीम रावलले छाडे एमाले, नयाँ पार्टी बारे यसो भने

१७ पुष , काठमाण्डौ। नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले पत्रकार सम्मेलनबाटै केपी ओलीलाई स्पष्टीकरण सोधेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले यस्तो प्रश्न गरेका हुन् । ओलीले पार्टीमा अन्तरविरोध बढाएको, फरक मतलाई सम्मान नगरेको लगायतका विषयमा प्रश्न उठाउँदै बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनबाटै उनले स्पष्टीकरण सोधेका हुन् । ओलीले आफूले… Continue reading भीम रावलले छाडे एमाले, नयाँ पार्टी बारे यसो भने

भीम रावलले बनाउने भए आफ्नै घर, नयाँ पार्टी घोषणा गर्ने

१५ पुष , काठमाण्डौ। नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका पूर्व नेता डा. भीम रावलले बुधबार पार्टी घोषणा गर्ने भएका छन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि एमाले नेतृत्वको कडा आलोचना गरेका रावलले पार्टी गठनको तयारी स्वरुप राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । रावलले… Continue reading भीम रावलले बनाउने भए आफ्नै घर, नयाँ पार्टी घोषणा गर्ने

भीम रावललाई विष्णु पौडेलले दिए चेतावनी

१७ चैत, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले एमाले नेता भीम रावललाई सच्चिन चेतावनी दिएका छन् । प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले १० औँ महाधिवेशनपछि नेता रावल पार्टीको विधि विधानभन्दा बाहिर गएको आरोप लगाए । ‘उहाँ १० औँ महाधिवेशनपछि पार्टीको विधि विधान मान्न थाल्नुभएन, केन्द्रीय सल्लाहकार परिषद्… Continue reading भीम रावललाई विष्णु पौडेलले दिए चेतावनी

एमालेलाई भीम रावलले फेरि दिए चेतावनी

१४ चैत , काठमाडौं । महाधिवेशनको तुसले प्रतिनिधिसभाको निर्वाचनमा टिकट समेत नपाएपछि नेकपा एमालेमा निष्क्रिए जस्तै देखिएका एमाले नेता भीम रावल पछिल्लो समय एमालेले सुरु गरेको ग्रास रुट अभियानमा जोडिएका छन् । यद्यपि अहिलेपनि आफूलाई पार्टीबाटै बेदखल गर्ने प्रयास भएको भन्दै उनी एमालेप्रति नै खनिएका छन् । आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिने काम भइरहेको… Continue reading एमालेलाई भीम रावलले फेरि दिए चेतावनी

भीम रावलले टिकट नपाउँदा ओलीविरुद्ध नारा लाग्यो

२४ असोज, काठमाण्डौ । अछाम– १ मा नेकपा एमालेका तर्फबाट सर्वसम्मत उमेद्वार सिफारिस भएका पूर्वउपाध्यक्ष भीम रावलको टिकट खोसेर एमालेले झपट बोहरालाई अवसर दिएपछि एमाले सुदूरमा पहिरो जाने क्रम बढ्दै गएको छ । बोहरा माओवादी केन्द्रबाट एमाले आएका हुन् । यता एकल नाम सिफारिस हुँदासमेत रावललाई टिकट नदिएपछि एमाले कार्यकर्ताहरु रुष्ट भएका छन् । बोहरा… Continue reading भीम रावलले टिकट नपाउँदा ओलीविरुद्ध नारा लाग्यो

बरु जेल जान तयार छू तर इम्बोस्ड नम्बर प्लेट जडान गर्दिन ;भीम रावल

८ असार, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन् । बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए । ‘म इम्बोस्ड नम्बर प्लेट हाल्दै हाल्दिन । बरु… Continue reading बरु जेल जान तयार छू तर इम्बोस्ड नम्बर प्लेट जडान गर्दिन ;भीम रावल

प्रधानमन्त्री बैठकमा अनुपस्थित भएपछि रावलले भने, ‘बैठकबाट खेद प्रस्ताव पारित गर्नुपर्छ’

५ असार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा नगएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले विरोध गरेका छन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एमाले सांसद भीम रावलका अनुसार प्रधानमन्त्री समिति बैठकमा अनुपस्थित हुनु भनेको संसदीय गरिमाको अवमूल्यन हो । ‘बिरामी, विदेश भ्रमण वा अन्य जरूरी कुरा नभई प्रधानमन्त्री समिति बैठकमा अनुपस्थित हुनु… Continue reading प्रधानमन्त्री बैठकमा अनुपस्थित भएपछि रावलले भने, ‘बैठकबाट खेद प्रस्ताव पारित गर्नुपर्छ’

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.