इन्धनको मूल्यवृद्धि सरकारको बाध्यता रहेको मन्त्री बडूको भनाई

६ असार, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि बढाउनुपर्ने बाध्यता रहेको स्पष्टीकरण दिए । उनले पेट्रोलियम पदार्थ… Continue reading इन्धनको मूल्यवृद्धि सरकारको बाध्यता रहेको मन्त्री बडूको भनाई

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन

६ असार, विराटनगर । पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएपछि देशका विभिन्न स्थानमा यसको विरोध सुरु भएको छ । विराटनगर, रुपन्देही लगायतका ठाउँमा विरोध प्रदर्शन भएको छ । मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै बुटवलमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ । उनीहरुले केहीबेर गाडीको अवागमन समेत रोकेका प्रहरीले जनाएको छ । यस्तै, यातायात व्यवसायीले पेट्रोलियम… Continue reading पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन

खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगियो

२९ जेठ, काठमाडौं । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ । तर, यही मौकामा सीमित व्यापारीहरुले चिनीको मूल्यमा मनपरी गरेका छन् । नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर… Continue reading खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगियो

एमसीसी पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढ्योः प्रेम सुवाल

२९ जेष्ठ, काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झौता संसदबाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दाबी गरेका छन् । सांसद सुवालले सो सम्झौता संसदबाट पारित गरेपछि नेपालमा महंगी समेत बढेको जिकीर गरे । आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको खर्च कटौति प्रस्ताव पेश गर्दै… Continue reading एमसीसी पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढ्योः प्रेम सुवाल

मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुग्यो,अर्थतन्त्रका सूचक नकारात्मकतर्फ

२७ जेष्ठ ,काठमाण्डौ । देशमा मूल्यवृद्धि झनै बढेको छ । राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा वार्षिक विन्दुगत मूल्यवृद्धि सात दशमलव ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा वार्षिक मूल्यवृद्धि तीन दशमलव ६५ प्रतिशत थियो । चैत महिनामा मूल्यवृद्धि दर सात दशमलव २८ प्रतिशत मात्रै थियो । वैशाखमा अघिल्लो वर्षको तुलनामा… Continue reading मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुग्यो,अर्थतन्त्रका सूचक नकारात्मकतर्फ

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

२७ जेष्ठ, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । ११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो । नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि… Continue reading सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ तथा मट्टीतेल र डिजलमा १२ रुपैयाँ मूल्य बढ्यो

२७ जेष्ठ, काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक… Continue reading पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ तथा मट्टीतेल र डिजलमा १२ रुपैयाँ मूल्य बढ्यो

सरकारले चुनावको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हिर्कायोः केपी शर्मा ओली

१२ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाएका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले मूल्य वृद्धिको प्रवृत्ति अभूतपूर्व रहेको भनदै टिप्पणी गरे । एमाले अध्यक्ष ओलीले पालिका चुनावको भोट हालेको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हानेको बताए । पेट्रोलियम पदार्थको… Continue reading सरकारले चुनावको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हिर्कायोः केपी शर्मा ओली

इन्धनमा प्रतिलिटर १० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ वृद्धि

९ जेष्ठ, विराटनगर । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थमा एकै पटक भारी मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको छ । यो अहिलेसम्मकै उच्च… Continue reading इन्धनमा प्रतिलिटर १० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थी आन्दोलित

१ जेष्ठ ,विराटनगर। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आईतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकूमा पुगेर अविलम्व खारेज गर्न सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेको हो । जनताको जीवननै धान्न… Continue reading पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थी आन्दोलित

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.