१५ चैत , काठमाण्डौ। काठमाडौंमा आज राजतन्त्रवादी र समाजवादी मोर्चाले फरक—फरक प्रदर्शनको तयारी गरेपछि विहानैदेखि सवारी आवागमन प्रभावित भएको छ । दिउँसोबाट काठमाडौंको तीनकुनेमा राजावादीहरुले र भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्न लागेका हुन् । दुवैले एक अर्काबिरुद्ध… Continue reading काठमाडौं प्रदर्शनः ३५०० प्रहरी परिचालन, बिहानैदेखि ट्राफिक प्रभावित
Tag: #समाजवादी मोर्चा
समाजवादी मोर्चामा ओलीलाई रेड कार्पेट !
९ चैत , काठमाण्डौ । नेकपा माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चामा गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमालेलाई पनि समेटेर अघि बढ्ने सहमति भएको छ । सत्ता गठबन्धनमा एमाले सहभागि भएसँगै सो पार्टीलाई पनि समाजवादी मोर्चामा समेट्न पहल भएको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेका शीर्ष नेताहरूसँग आवश्यक छलफल गरी… Continue reading समाजवादी मोर्चामा ओलीलाई रेड कार्पेट !
विप्लव भन्छन् कम्युनिष्ट मिलौं, प्रचण्ड भन्छन् एमाले फुट्छ
१४ भदौ , काठमाण्डौ । चार दल सम्मिलित समाजवादी मोर्चामा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयलाई लिएर तिव्र विवाद सुरु भएको छ । एमसीसी कार्यान्वयन नगर्न नेकपाका महासचिव विप्लवको प्रस्ताव अन्य मोर्चाका घटकले अस्वीकार गरेपछि असन्तुष्टि चुलिएको हो। बुधबारदेखि कार्यान्वयनमा आएको एमसीसी परियोजनालाई लिएर विप्लव नेतृत्वको नेकपाले असन्तुष्टि जनाइरहेको छ । मोर्चामा सामेल सत्तारुढ नेकपा(माओवादी केन्द्र),जनता… Continue reading विप्लव भन्छन् कम्युनिष्ट मिलौं, प्रचण्ड भन्छन् एमाले फुट्छ
समाजवादी मोर्चालाई लिङदेनको काउन्टर
५ असार, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालले समय समयमा दोहो–याइरहने विषय हो जनताको संघर्षबाट प्राप्त परिवर्तन उल्ट्याउने प्रयास भयो । यही कथन उनले सोमवार घोषणा गरिएको ‘समाजवादी मोर्चा’ को औचित्य पुष्टि गर्न पनि दोहो–याए। जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त परिवर्तन उल्ट्याउन खोजिएकाले त्यसको रक्षाका लागि मोर्चा गठन गरिएको उनको… Continue reading समाजवादी मोर्चालाई लिङदेनको काउन्टर
‘समाजवादी मोर्चा’ बाबुरामको आँखामा ‘जालझेल’
५ असार, काठमाण्डौ । माओवादी केन्द्र, जसपा, नेकपा एस र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा सोमबार राजधानीमा घोषणा भयो । मोर्चा घोषणासँगै प्रतिनिधिसभामा ५४ सिटको गठबन्धन बनेको छ । चन्द नेतृत्वको नेकपा भने संसद् बाहिर छ । तर एक वर्षअघि नै समाजवादी केन्द्रको प्रस्ताव गरेका प्रचण्डका पूर्वसहकर्मी बाबुराम भट्टराई भने मोर्चामा हटाएका छैनन् । माओवादी र… Continue reading ‘समाजवादी मोर्चा’ बाबुरामको आँखामा ‘जालझेल’
मोर्चाका लागि प्रचण्डले बाबुरामलाई फकाए
१ असार, काठमाण्डौ । आफूलाई उपेक्षा गरेको भन्दै संगठन विस्तारमा लागेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चा निर्माणका लागि खटिन तयार भएका छन्। शुक्रबार बिहान प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि नयाँ समझदारी बनेको हो। ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा… Continue reading मोर्चाका लागि प्रचण्डले बाबुरामलाई फकाए