Nepal Times
Nepal Times
3
Shares

इंग्ल्यान्डले सानमारिनोलाई १०–० ले हरायो

इंग्ल्यान्डले सानमारिनोलाई १०–० ले हरायो

३० कात्तिक, एजेन्सी ।

कप्तान ह्यारी केन एक्लैले चार गोल गरेको खेलमा इंग्ल्यान्डले फिफा विशवकप कतार २०२२ को युरोपेली छनोटको अन्तिम खेलमा सानमारिनोमाथि सानदार जित निकालेको छ ।

विश्वकपमा स्थान पक्का गरिसकेको इंग्ल्यान्डले १० खेलाडीमा समेटिएको सानमारिनोमाथि साेमबार राती उसकै मैदानमा १०–० को फराकिलो जित निकालेको हो । ह्यारी मगाएर, इमिल स्मिथ रोवी, टेरोन मिङ्स, ट्याम्मी अब्राहम र बुकायो साकाले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलकाे पहिलो हाफमा ६ तथा दोस्रो हाफमा ४ गोल भएको थियो । घरेलु टोली ६८औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो । डान्टे कार्लाेस रोस्सी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो । त्यसअघि इंग्ल्यान्डले खेलमा ७–० को आरामदायी अग्रता बनाइसकेको थियो ।

यो सानदार जितसँगै अराजित रहेको इंग्ल्यान्डले समूह ‘आई’ मा १० खेलबाट २६ अंक जोड्यो । सानमारिनो अंकविहीन हुदै पुछारमा रह्यो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.