Nepal Times
Nepal Times
3
Shares

कतारविरुद्ध इन्दु बर्माको ऐतिहासिक अर्धशतक

कतारविरुद्ध इन्दु बर्माको ऐतिहासिक अर्धशतक

३० कात्तिक, काठमाडौं ।

शीर्षक्रमकी ब्याटर इन्दु बर्माले कतारसँगको पहिलो टि२० आई खेलमा नेपालको लागि ऐतिहासिक अर्धशतक प्रहार गरेकी छिन् । मंगलबार कतारको दोहारमा रहेको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । याे नेपाली महिला टोलीले टि२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो ।

नेपालकी इन्दु बर्माले ४७ बलमा ५ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिइन् । इन्दु रिटायर्ट हर्ट हुँदै अर्को खेलाडीलाई मौका दिएकी थिइन् । इन्दुले ४५ बलमा नेपालका लागि टि२० आईमा पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान राखेकी छिन् । यसअघि टि२० आई नेपाली महिला टोलीबाट उच्च प्रदर्शन सीता राना मगरको नाममा इन्डोनएसियाविरुद्ध २०१९ मा ४८ रन थियो । सीता आजको खेलमा ३३ बलमा ५ चौका सहित ३९ रनमा आउट भइन् ।

दोस्रो विकेटका लागि इन्दु बर्मा र सीताले ८८ रनको कीर्तिमानी साझेदारी गरेका थिए । यो नेपाली महिला टि२० आई खेलमा बनेको हालसम्मकै उच्च साझेदारी हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.