NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ? बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने बिहिबार मंसिर ११ , २०८२
सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा बिहिबार मंसिर ११ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

त्रिशूल र घनले हानेर सम्झनाको हत्या गरेको राजेन्द्रले स्विकारे

बिहिबार अशोज १५ , २०७७
Reading Time: 1 min read
A A
सम्झनाको शव उठेन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ आश्विन, बझाङ ।
१२ वर्षीय किशोरी सम्झना कामी बलात्कार तथा हत्या घटनामा प्रहरीले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको छ ।

आरोपमा पक्राउ परेका मस्टा गाउँपालिका–२ खिकालाका राजेन्द्र बोहराले अपराध स्वीकार गरेका छन् । गत बुधबार सोही ठाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो । त्यही दिन पक्राउ परेका बोहराले आठ दिनपछि बुधबार प्रहरीसामु हत्या स्विकारेका हुन् ।

गोठ हिँडेकी सम्झनालाई खिकाला गाउँबाट १५ मिनेट टाढा रहेको सिमथला जंगलबाट नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेको उनले साविती बयान दिएको प्रहरीले जनाएको छ ।

LS Auto

‘सुरुमा फकाएर मन्दिरतर्फ लगेको र सम्झनाले मन्दिरभित्र जान नमानेपछि उनले बोकेको डोको, नाम्लो र हँसिया थुतेर फालिदिएको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि लछारपछार गर्दै मन्दिरभित्र लगेर बलात्कार गरेछ ।’

बलात्कारका क्रममा सम्झनाले सक्दो प्रतिकार गरेको र गाउँका सबैलाई भनिदिन्छु भनेपछि पोल खुल्ने डरले हत्या गरेको बोहराले बयानमा बताएका छन् । उनले मन्दिरभित्र रहेको त्रिशूल र घनले हानेर हत्या गरेको प्रहरीसमक्ष स्विकारेका छन् ।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएका हतियार बरामद गरिसकेको छ । ‘सुरुमा ढुंगाले टाउकोमा हानें । टाउकाको चोटले सम्झना ढलेपछि मन्दिरभित्र रहेको त्रिशूल ल्याएर पिठ्युँमा घोपेको हुँ,’ बोहरालाई उद्धृत गर्दै बयानमा संलग्न एक प्रहरीले भने, ‘त्रिशूलले घोपेपछि ऊ झन् छटपटाउन थाली ।

त्यसपछि फेरि घनले टाउकोमा हानें ।’ मन्दिरको शौचालय र गोलघरको निर्माण कार्य भइरहेकाले घनलगायतका सामान त्यहीं राखिएको र बोहराले त्यसैको प्रयोग गरेको प्रहरीको भनाइ छ । गत साउनमा पनि बोहराले पानीघट्टमा अर्की १३ वर्षीया बालिकालाई बलात्कार गरेको सार्वजनिक भइसकेको छ ।

घटनापछि मिलापत्र भएको र पुनः यो घटना पनि बाहिर आएपछि झन् तनाव हुने सोचले आफू सम्झनालाई मार्ने मनसायमा पुगेको उनले प्रहरीसमक्ष बताएका छन् । बोहराले सम्झनाको हत्या गरिसकेपछि मन्दिरभन्दा ५ मिनेट टाढा गाउँतर्फ गएर ओखर टिपेर खाएको र खोला किनारमा गएर बालुवामा सायरीसमेत लेखेको बताएका छन् ।

कसैले सोध्यो भने ‘ओखर खान गएको थिएँ’ भनेर बहाना बनाउने सोचेको उनको भनाइ छ । अन्य सबुत प्रमाणका आधारमा बोहरा नै हत्यारा हो भन्ने निष्कर्षमा प्रहरी पुगे पनि उनले अपराध स्वीकार नगरेका कारण जिल्लावासीले अनुसन्धानमा शंका गरेका थिए ।

मंगलबार भएको सर्वपक्षीय बैठकमा पनि उनको पोलिग्राफ र डीएनए परीक्षण गर्नुपर्ने माग उठेको थियो । त्यसैले प्रहरी बोहरालाई सावित गराउनुपर्ने वा वैज्ञानिक परीक्षण गरेर अपराध पुष्टि गर्नुपर्ने दबाबमा थियो ।

‘हामी त ऊभन्दा अर्को अपराधी हुनै सक्दैन भन्नेमा पहिले नै ढुक्क थियौं,’ जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रूपक खड्काले भने, ‘उसले अपराध स्वीकार नगरेका कारण आम मान्छेमा शंका उठ्नु स्वाभाविकै हो । अब उसले अपराध स्वीकार गरिसकेको छ ।’

उनलाई सावित गराउन प्रहरीले यसअघि प्रयोगमा ल्याएका धेरै जुक्ति र प्रविधि प्रयोग गर्नुपरेको डीएसपी खड्काले जानकारी दिए ।  ‘घटनालगत्तै अपराधी पक्राउ गर्नेदेखि साविती बयान गराउनसम्म प्रहरी हेडक्वार्टर, प्रदेश र जिल्लाको टिमको संयुक्त प्रयासले समयमै दोषी पत्ता लगाउन सफल भयौं,’ उनले भने, ‘केही दिनभित्रै अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गर्छौं ।’

यसैबीच, गृह मन्त्रालयले सम्झनाको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको मौखिक जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीका अनुसार सम्झनाको परिवारलाई राहत उपलब्ध गराउने विषयमा सुदूरपश्चिम प्रदेश सरकार पनि छलफलमा रहेको छ ।

लोकप्रीय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२

विचार

थप समाचार

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?
अन्तर्राष्ट्रिय

अपराध

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.