Nepal Times
Nepal Times
3
Shares

नेकपा विवाद चर्किएकै बेला चिनियाँ राजदूतले भेटिन् प्रचण्डलाई पनि

नेकपा विवाद चर्किएकै बेला चिनियाँ राजदूतले भेटिन् प्रचण्डलाई पनि

२५ असार, काठमाडौँ ।
सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्ष चलिरहेको बेला चिनियाँ राजदुत होउ यान्छीले बिहीबार पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेताहरु माधव नेपाल र झलनाथ खनाललाई उनले नेकपामा विवाद बढेपछि भेटघाट गरिसकेकी उनले बिहीबार अध्यक्ष दाहाललाई उनकै निवास खुलमटारमा गएर भेटेको खुलासा भएको हो ।

राजदुत होउ र दाहालबीचको भेटबारे दाहालको सचिवालयले पुष्टि नगरे पनि चिनियाँ दुतावासबाट भेटको जानकारी प्राप्त भएको हो । नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष दाहाल–माधवकुमार नेपाल बीच चलिरहेको शक्ति संघर्षका कारण राजदुत होउले राष्ट्रपतिसहित नेकपाकै नेताहरुलाई गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटवार्ताबारे जानकारी दिँदै दुतावासका प्रवक्ता चाङ सीले उक्त भेटवार्तामा दुवै पक्षले साझा विषयमा आफ्ना धाराणहरु आदान–प्रदान गरेको बताएका छन् ।

उनले भने, ‘हामी (चीन) नेपाली जनताको चासोलाई ध्यानमा राखेर जहिले पनि नेपालमा राजनीतिकस्थिरता र आर्थिक विकास होस भन्ने चाहन्छौं ।’

राजदुत होउले असार २३ गते पूर्व प्रधानमन्त्री खनालसँग उनकै निवास डल्डुमा पुगेर भेटवार्ता गरेकी थिइन् । यसको दुई दिन आइतबार (असार २१ गते) अर्का पूर्व प्रधानमन्त्री नेपालसँग उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेकी थिइन् । यी दुई नेतासँग भेटवार्ता गर्नु अघि उनले असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.