Nepal Times
Nepal Times
3
Shares

नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि

नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि

७ पुस, काठमाडौं ।
नेपालमा थप एक जनामा ओमिक्रोन पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनस‍ंख्या मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले ९८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको बताइन् । मन्त्रालयको कोरोनासम्बन्धी प्रेफ ब्रिफिङमा बुधबार प्रवक्ता डा मिश्राले संक्रमित व्यक्ति घरमै आइसोलेसनमा रहेको र उनीसँग सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसि‌ङ भइरहेको बताइन् ।

हालसम्म २ हजार ३८ जना नियमित जीन सिक्वेन्सिङ गरिएकोमा २२ वटा डेल्टा भेरिएन्ट भेटिएकोमा त्यसमध्ये एउटा ओमिक्रोन भेरिएन्ट भेटिएको हो । योसँगै नेपालमा ३ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । मंसिर २० गते मन्त्रालयले

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको जनाएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.