NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites मङ्लबार पुस ८ , २०८२
AllWins Casino Game Reviews: Your Guide to Winning Big मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग मङ्लबार पुस ८ , २०८२
बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र मङ्लबार पुस ८ , २०८२
Calculateur de Bonus Talismania Casino : Maximisez Vos Gains ! मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा सुरुङ इञ्जिनियरिङको पढाइ

आइतवार कार्तिक १७ , २०७६
Reading Time: 1 min read
A A
नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा सुरुङ इञ्जिनियरिङको पढाइ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ कात्तिक, कास्की ।
इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनियरिङ विषयको अध्यापन हुने भएको छ ।

पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित जनशक्तिको अभाव हुँदा आशातीत कार्य अघि बढ्न नसकेको अवस्थामा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले चट्टान तथा सुरुङ विषयमा स्नातकोत्तर तहमा अध्यापन सुरु गर्ने तयारी गरिएको छ ।

गण्डकी प्रदेश सरकार र नर्वेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी (एनटीएनयू) विश्वविद्यालयको सहयोगमा स्नातकोत्तर तहमा आगामी शैक्षिकसत्र वैशाख १७ गतेदेखि अध्यापन गर्ने लक्ष्यअनुसार पाठ्यक्रम तयार गरिएकोे क्याम्पस प्रमुख रामप्रसाद पौडेलले बताए ।

LS Auto

पाठ्यक्रम तयार गर्नका लागि क्याम्पसले हिजो र आज गरी दुई दिन यस विषयमा विशेषज्ञता हासिल गरेका प्राज्ञ र वैज्ञानिकको सम्मेलन आयोजना गरी इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातकोत्तर तहको पाठ्यक्रमको प्रारम्भिक ढाँचा तयार गरेको छ ।

प्रमुख पौडेलले भने, ‘सुरुङ इञ्जिनियरिङको अध्यापन देशका लागि आवश्यक भइसक्यो । दुई दिनको कार्यशालाबाट पाठ्यक्रम तयार गरेर आगामी शैक्षिकसत्रबाट कक्षा सञ्चालन गर्ने योजनामा छौँ ।’

इञ्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत सिभिल इञ्जिनीयरिङ विषय समितिका अध्यक्ष प्रा डा नरेन्द्रमान शाक्यले तयार पारिएको पाठ्यक्रम अध्ययन संस्थानले स्वीकृत गरेसँगै पठनपाठनका लागि बाटो खुला हुने बताए।

नेपालमा ब्याचलर अफ सिभिल इञ्जिनियरिङको कोर्षमा टनेल इञ्जिनियरिङ विषय अध्यापन हुने भए पनि स्नातकोत्तर तहमा यस विषयलाई मात्र समेटर अध्यापनको कार्य पहिलो भएको बताउँदै उनले भने, ‘गण्डकी प्रदेश सरकारले जसरी यस विषयलाई चासो दिएर अघि बढाउन सहयोग गरेको छ । यसले चट्टान तथा सुरुङका क्षेत्रमा आवश्यकयोग्य जनशक्ति उत्पादनमा सहयोग गर्दछ ।’

प्रस्तावित पाठ्यक्रममा भौगोलिक अवस्थाको अन्वेषण, टनेल डिजाइन, कन्स्ट्रक्सन, सञ्चालन, मर्मत तथा सुरक्षालगायतका विषय समेटिएको बताइन्छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा टनेल इञ्जिनियरिङ विषय अध्यापनका लागि पाठ्यक्रम तयार गर्ने उद्देश्यले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

पोखरासहित काठमाण्डौको पुल्चोक क्याम्पसमा पहिलो ब्याचमा २०÷२० जना विद्यार्थी राखेर टनेल इञ्जिनियरिङ विषय अध्यापन गरिने शाक्यले जानकारी दिए। एनटीएनयूका प्रा.डा. कृष्णकान्त पन्थीले आफूहरू इञ्जिनियरिङ अध्ययन संस्थानसँग सहकार्य गरेर कार्यक्रम अघि बढाउन चाहेको उल्लेख गरे। त्यसका लागि पाठ्यक्रम तयार, कक्षा तथा प्रयोगशाला स्थापना लगायतका पक्षमा सहयोग प्रदान गरिने उनले स्पष्ट पारे ।

सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले सरकारले चालू वर्षमा देशका विभिन्न १२ स्थानमा सुरुङमार्ग निर्माण गर्ने गरी बजेट कार्यक्रममा उल्लेख गरे पनि सो कार्य आफूहरूका लागि नितान्त नयाँ भएकाले अघि बढाउन कठिनाइ रहेको उल्लेख गरे ।

नौबिसेमा हालै सुरुङमार्ग शिलान्यास गरिए पनि विभागसँग सुरुङका लागि आवश्यक दक्ष जनशक्तिको अभावमा प्रस्तावित अन्य स्थानमा आवश्यक प्रक्रिया अघि बढाउन अप्ठ्यारो भएको उल्लेख गर्दै उनले यस विषयको अध्यापनसँगै विभागको क्षमता विकासमा सघाउ पुग्ने बताए।

कार्यशालाको उद्घाटनका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय आवश्यकताअनुसार टनेल इञ्जिनियरिङको पढाइमार्फत देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको योजना रहेको बताएका थिए ।

सरकारको वार्षिक बजेटबाट समेत यो विषयको अध्यापनका लागि सहयोग उपलब्ध गराउने मुख्यमन्त्री गुरुङले प्रतिबद्धता व्यक्त गरेका थिए। (रासस)

लोकप्रीय

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२

विचार

थप समाचार

Casino

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२
articles_allwins casino_2025-12-23

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग
खेलकुद

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२
बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र
ताजा समाचार

बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र

मङ्लबार पुस ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.