Nepal Times
Nepal Times
3
Shares

फाइनलका लागि पाकिस्तान र अष्ट्रेलिया भिड्दै

फाइनलका लागि पाकिस्तान र अष्ट्रेलिया भिड्दै

२५ कार्तिक, काठमाडौं ।

आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनल खेलमा आज पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार बेलुका ७ः४५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

उत्कृष्ट फर्ममा रहेको पाकिस्तान अपराजित यात्रालाई कायम राख्दै फाइनलमा पुग्न चाहन्छ । बाबर आजम नेतृत्वको पाकिस्तान जारी विश्वकपमा एक मात्र अपराजित टिम हो ।

तर, अष्ट्रेलिया पाकिस्तानलाई पहिलो हार चखाउँदै फाइनलमा स्थान बनाउने सोचमा छ । आजको विजेताले फाइनलमा उपाधिको लागि न्युजिल्यान्डसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगि सकेको छ ।

पाकिस्तानको शीर्ष क्रमको ब्याटिङ्ग निकै बलियो देखिएको छ । कप्तान बाबर आजमले ४ अर्धशतक प्रहार गरिसकेका छन् । अन्य ब्याट्सम्यान पनि उत्तिकै दमदार प्रदर्शन गर्न सक्षम छन् । अष्ट्रेलियाको बलिङ पक्ष मजबुत रहेको छ । यहाँ जोस हेजलवुड, मिचेल स्टार्क र प्याट कमिन्स जस्ता उत्कृष्ट बलर रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.