NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक बुधबार मंसिर १० , २०८२
भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ? बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण बुधबार मंसिर १० , २०८२
रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी बुधबार मंसिर १० , २०८२
Next
Prev

समाचार

ब्रह्माण्डको नयाँ रहस्य पत्ता लगाउन जेम्स वेब टेलिस्कोप निस्कियो अन्तरिक्ष यात्रामा

आइतवार पुस ११ , २०७८
Reading Time: 1 min read
A A
ब्रह्माण्डको नयाँ रहस्य पत्ता लगाउन जेम्स वेब टेलिस्कोप निस्कियो अन्तरिक्ष यात्रामा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ पुस, बीबीसी ।
ब्रह्माण्डको सबैभन्दा पहिलो तारा खोज्ने उद्देश्यसहित दश अर्ब डलर खर्च गरेर बनाइएको जेम्स वेब टेलिस्कोप शनिवार अन्तरिक्ष यात्रामा निस्किएको छ।

दक्षिण अमेरिकाकी फ्रेन्च गुयानाको एरियन रकेटबाट इतिहासकै सबैभन्दा ठूलो भनिएको जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण गरिएको हो। उक्त उडान पृथ्वीको कक्षमा ३० मिनेटभन्दा कम समय रहेको थियो र केन्याको मालिन्डीस्थित एन्टेनाले प्रक्षेपण सफल भएको सङ्केत प्राप्त भएको पुष्टि गरेको थियो।

चन्द्रमामा एपोलो मिसनमार्फत अन्तरिक्षयान पुर्‍याउने प्रमुख भूमिका खेलेका वेबको नाम दिइएको यो नयाँ टेलिस्कोप हबल टेलिस्कोपको उत्तराधिकारी हो। अमेरिकी, युरोपेली र क्यानडाली अन्तरिक्ष एजेन्सीमा काम गर्ने इन्जिनियरहरूले यो नयाँ टेलिस्कोप हबलभन्दा १०० गुणासम्म शक्तिशाली हुने बताएका छन्।

LS Auto

उक्त टेलिस्कोप बोकेको रकेटले पृथ्वी छाड्दा अमेरिकी अन्तरिक्ष निकाय नासाका एक जना टेलिभिजन प्रस्तोता रब नाभिसले जेम्स वेबले ब्रह्माण्डको जन्मतर्फको यात्रा पुनः सुरु गरेको बताए। उक्त टेलिस्कोपलाई पृथ्वीबाट पठाइएको हेर्न आतुर भएका मानिसहरू पनि उक्त क्षणलाई लिएर तनावमा थिए।

विश्वभरका हजारौँ मानिसहरू उक्त परियोजनामा पछिल्लो ३० वर्षयता कार्यरत थिए। एरिअन एउटा विश्वसनीय वाहक भए पनि रकेटको सन्दर्भमा प्रक्षेपणहरू सफल नै हुन्छन् भन्ने निश्चित छैन।

जटिल कार्य
तर शनिवारको प्रक्षेपण अबको छ महिनामा हुनुपर्ने जटिल शृङ्खलाबद्ध कामको सुरुवात मात्रै हो। उक्त टेलिस्कोप पृथ्वीभन्दा करिब १५ लाख किलोमिटर पर पुर्‍याइनेछ। त्यहाँसम्म पुग्ने क्रममा वेबले अहिलेको आफ्नो स्वरूप बदल्ने छ र त्यो ककुनबाट पुतली निस्किएको जस्तै हुने बताइन्छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी प्रशासक बिल नेल्सनले वेब एक असाधारण मिसन भएको बताए। हामीले ठूलो सपना देख्दा कतिसम्म हासिल गर्न सक्छौँ भन्ने यो ज्वलन्त उदाहरण हो। यो परियोजना जोखिमपूर्ण छ तर ठूलो पुरस्कार पाउन जोखिम त मोल्नै पर्छ, प्रक्षेपणअघि उनले भने।

यो सुपर टेलिस्कोप ब्रह्माण्डमा धेरै टाढासम्म हेर्न मिल्ने गरी निर्माण गरिएका कारण यसले १३।५ वर्षअघिको पहिलो ताराको प्रकाश पहिचान गर्न सक्ने अपेक्षा गरिएको छ। हामी ब्रह्माण्डबारे सबैलाई चकित बनाउने रहस्यहरू पत्ता लगाउन सक्नेछौँ।

यो टेलिस्कोपको सबैभन्दा उत्साहजनक सम्भावना मेरो लागि यही नै हो, परियोजनाका उपप्रमुख समेत रहेका वैज्ञानिक डा। एम्बर निकोल स्ट्रगनले भनिन्। यसमा ६.५ मिटर ब्यासको खगोलीय ऐना प्रयोग गरिएको छ जुन अहिलेसम्म पृथ्वीको कक्षमा पठाइएकामध्ये सबैभन्दा ठूलो हो।

खुम्च्याएर पठाइएको यो ऐनालाई अन्तरिक्षमा फैलिन नै दुई हप्ताको समय लाग्नेछ। यो टेलिस्कोप पूर्ण सञ्चालनमा आएर तस्बिरहरू पठाउन छ महिना लाग्ने डा. स्ट्रगन बताउँछिन्। यो फैलिएर आफ्नो आकार लिने आफ्नै प्रणाली छ। त्यसपछि यो चिसो हुन, ऐनाहरू मिलाउन र उपकरणहरू खुल्न एक–एक गर्दै धेरै महिना लाग्छ, उनले भनिन्।

यसले सन् २०२२को गर्मीयामसम्म पहिलो तस्बिर पठाउने उनको अपेक्षा छ।

हबलको उत्तराधिकारी
अहिलेसम्मको सफल मानिएको हबल टेलिस्कोपले हामीले ब्रह्माण्डलाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याएको थियो। वेब टेलिस्कोपले हबलको क्षमता बाहिर ठानिएको ब्रह्माण्डका भागहरू हेर्न सकिने बताइएको छ।

तीन दशकसम्म काम गरेको हबलले १,००० आकाशगङ्गाहरूको दृश्य र उत्पत्तिका प्रसिद्ध स्तम्भहरू सहितका ब्रह्माण्डका महत्त्वपूर्ण जानकारीहरू पठाएको थियो। हबलले अझै १० देखि २० वर्ष काम गर्नसक्ने आङ्कलन गरिएको छ। त्यसपछि थप सुधार सहितको वेब हबलको उत्तराधिकारी हुनसक्ने ठानिएको छ।

वेबले ब्रह्माण्डलाई इन्फ्रारेडका आधारमा देख्नेछ र मानव आँखाले देख्न नसक्ने प्रकाशहरू कैद गर्नेछ जुन क्षमता हबलमा सीमित मात्र छ। ठूलो ऐना भएका कारण वेबले धेरै प्रकाश सङ्कलन गर्न सक्छ र धेरै समय अघिसम्मका रहस्य पत्ता लगाउन सक्छ।

हबलको तुलनामा वेब पृथ्वीको कक्षभन्दा धेरै टाढा छ। १५ लाख किलोमिटर टाढा भनेको चन्द्रमा भन्दा पनि चार गुणा टाढा हो। युरोपियन स्पेस एजेन्सीकी डा। एन्टोनेला नोटाका अनुसार २।४ मिटरको प्राथमिक ऐना भएको हबलले ३१ वर्षहरूमा गरेको कामका आधारमा वेब निर्माण गरिएको हो।

क्षमतामा १०० गुणा वृद्धि भएसँगै यसले हामीलाई अझै अगाडिको समयसम्म लगेर पहिलो आकाशगङ्गाहरूको निर्माण कसरी भयो देखाउन सक्छ, उनले भनिन्।

वेब टेलिस्कोपले के देख्न सक्छ

नासाका अनुसार यसको लामो तरङ्ग क्षमताले समयको सुरुवातको धेरै नजिकसम्म हेर्न सकिन्छ र आकाशगङ्गाहरूको पहिलो निर्माण अवलोकन गर्न सकिन्छ। टेलिस्कोपले अहिले पनि ताराहरू बन्ने क्रममा रहेको धुलोका कणहरू भित्रसम्म हेर्न सकिने बताइएको छ।

डा. स्ट्रगनका अनुसार वैज्ञानिकहरूले वेबबाट पहिलो वर्षमा के हेर्ने भन्नेबारे पहिले नै योजना बनाइसकेका छन्। यसले हाम्रो सौर्यमण्डलका ग्रहहरू अध्ययन गर्नेदेखि लिएर १३.५ अर्ब वर्षअघि पहिलो आकाशगङ्गाहरूको उत्पत्ति र यसबीचको समयका सबै कुराहरू हेर्नेछ, उनले भने।

यो टेलिस्कोपले अन्य ग्रहहरूमा जीवनको सङ्केतहरूको पनि अध्ययन गर्ने वैज्ञानिकहरूले बताएका छन्।

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै
ताजा समाचार

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण
ताजा समाचार

धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण

बुधबार मंसिर १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक

बुधबार मंसिर १० , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

भ्रष्टाचारीहरूलाई जेल हाल्न सुशीला किन कमाउँदै छिन् खुट्टा ?

बुधबार मंसिर १० , २०८२
कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

बुधबार मंसिर १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.