विद्युत् महशुलमा बाह्र अर्ब राहत

काठमाडाैँ : आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले प्रस्ताव गरेको विद्युत् महसुल छुटबाट मात्र सरकारले मासिक एक अर्ब रुपियाँको राहत प्रवाह गर्न खोजेको देखिएको छ । बजेटमार्पmत १० युनिटसम्म निःशुल्कदेखि विभिन्न छुटको व्यवस्था गरेपछि नेपाल विद्युत् प्राधिकरणले गरेको विश्लेषणअनुसार ती छुट एक वर्ष उपलब्ध गराउँदा सरकारले १२ अर्ब रुपियाँको राहत पुग्ने देखिएको छ ।,आजको गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गनुभएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यको ५३औँ बुँदामा १० युनिटसम्म खपत गर्ने गार्हस्थ ग्राहकदेखि खानेपानी, सिँचाइ र उद्योग कारखानालाई विभिन्न खाले छुट दिइएको छ । १५० युनिटसम्मका ग्राहकलाई महसुलमा २५ प्रतिशत र २५० सम्म खपत गर्ने ग्राहकलाई १५ प्रतिशतको महसुल छुट दिने उल्लेख छ । त्यस्तै सिँचाइ र खानेपानी र उद्योगको डिमान्ड शुल्क पनि नलिने व्यवस्था गरिएको छ । उद्योगलाई अफ पिक आवरमा महसुलमा समेत ५० प्रतिशत छुट दिइएको छ ।

प्राधिकरणको आर्थिक विश्लेषण विभागको विश्लेषणअनुसार १० युनिटसम्मको विद्युत् निःशुल्क गर्दा मात्र यो वर्ष ६२ करोड ७० लाख रुपियाँ आम्दानी घट्ने छ । यसबाट करिब आठ लाख गार्हस्थ उपभोक्ता लाभान्वित हुने देखिएको छ । विद्युत्का साना ग्राहक आर्थिक रूपमा कमजोर देखिएकाले राहत दिन महसुल निःशुल्क हुने व्यवस्था गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताए ।

उनले भने,, “विपन्नलाई राहत होस् भन्नका लागि बजेटमै १० युनिटभन्दा कम उपभोग गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराइएको हो,” विद्युत्का करिब ४१ लाख गार्हस्थ ग्राहक छन् । सङ्ख्यात्मक हिसाबले गार्हस्थ बढी लाभान्वित हुने देखिए पनि रकमका हिसाबले विद्युत् महसुल छुटको लाभ बढी मात्रामा उद्योग क्षेत्रले पाउने देखिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top