होटल ब्यवसाय अब चाँडै खुल्नेः पर्यटनमन्त्री

0SHARES

१९ असार २०७७ नेपाल टाईम्स

१९ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताए । अहिलेको पर्यटक÷ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने उनले बताए । व्यवसायीहरुले सञ्चालन अनुमतिका लागि पटक पटक आग्रह गरेपनि छलफल चलिरहेको उनले बताए । भोली होटल सञ्चालनमा आएपछि कसरी सतर्कता अपनाउने भन्ने विषयमा पर्यटन बोर्डसँग मिलेर काम भइरहेको उनले बताए ।

उनले भने, ‘‘मान्छे आएर बस्नुप¥यो, मान्छे बस्नुप¥यो । पर्यटकहरु आउनुप¥यो । आन्तरिक पर्यटक पनि आउनुप¥यो । होटलमा बस्न सुरक्षित छैन् । सामाजिक दुरी छैन् । अरु उपायहरु अवलम्बन भएको छैन भने होटल खोलेर मात्रै को आउँछ ? त्यसैले प्रत्येक पर्यटकिय क्षेत्रहरुलाई आवश्यक प्रोटोकल तयार गर्नुहोस् भनेर जारी भएको छ । सबै ठाउँमा पुगेको छ । सबै होटल व्यवसायीहरुले त्यो अनुसार आफुलाई तयारीमा राख्नुपर्यो ।’’

व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उनले बताए । एयरलाइन्सहरुले पनि आवश्यक प्रोटोकल बनाएका छन् । तर सञ्चालनकालागि केही समय अझै लाग्ने उनले बताए । होटल र एयरलाइन्ससँग अरु कुराहरु पनि जोडिएको उनले बताए । कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उनले अरु देशहरुको तथ्याङ्क अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरुसँग सल्लाह गरी छिट्टै सञ्चालनका लािग सीसीएमसीमा प्रस्ताव लिएर जाने बताए ।

मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण काम आगामी डिसेम्बर २० सम्म सम्पन्न हुने बताए । निर्माणको काम सकिए पछि करिब तीनमहिना सञ्चालनको पूर्व तयारी गरी व्यवसायीक उडान भर्ने उनले बताए । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लक डाउनका कारण पर्यटन क्षेत्रमा ८ लाखको रोजगारीमा असर परेको उनले बताए । सरकारी र नीजि क्षेत्रबाट गरी पर्यटन क्षेत्रमा १० खर्ब बढीको लगानी रहेको उल्लेख गर्दै उनले साढे २ लाख प्रत्यक्ष र ८ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको उनले बताए । कोभिडका कारण कर्मचारीहरुलाई तलब दिनुपर्ने संकट उत्पन्न भएको उनको भनाई छ ।

स्वास्थ्य सामग्री ढुवानीको पैसा ओम्नी समूहले अहिलेसम्म भुक्तानी नगरेको उनले बताए । चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट टेण्डर पाएको विवादीत ओम्नी समुहले अहिलेसम्म ढुवानी बाफतको रकम एयरलाइन्सलाई दिएको छैन् ।

उनले भने, ‘‘टेण्डरमा ढुवानी भएका सामानको पैसा पाउनबाँकी रहेको छ । एयरलाइनसले पाउन बाँकी छ । हामी लिन्छौँ । नेपाल एयरलाइन्सले छिन्छ । छट्टै लिन्छौँ । ठेकेदारले पैसा कमाएको छ हामीले किन स्वयम सेवा गर्ने ?ओम्नी समूहले पैसा तिर्नुपर्छ त्यसको जिम्मेवारी स्वास्थ्य मन्त्रलाय हुन्छ ।’’

कोरोना पु¥याएको क्षति पछि कसरी पुनस्र्थापना गर्ने भन्ने विषयमा आवश्यक छलफल चलिरहेको उनले बताए । देशको अर्थतन्त्रलाई ध्यानमा राख्दै बजेटमाफर्त ५० अर्बको पुर्नकर्जाकालागि कोष बनाइएको उनले बताए । १ खर्बको अर्को कोष बनाइएको उल्लेख गर्दै उनले पर्यटन क्षेत्रमा परेको असरलाई कसरी सम्बोधन गर्ने अहिले २० करोडको एउटा कोष बनाइएको बताए ।

विज्ञापन बक्स