Nepal Times
Nepal Times
3
Shares

अझै पक्राउ परेनन् डाक्टरलाई मोसो दल्ने, स्वास्थ्यकर्मीको आन्दोलन जारी

अझै पक्राउ परेनन् डाक्टरलाई मोसो दल्ने, स्वास्थ्यकर्मीको आन्दोलन जारी

१३ भदौ, दाङ ।

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा तनावग्रस्त भएको छ । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई अनेरास्ववियु दाङ संयोजक लगायतले कालो मोसो दलेर अभद्र व्यवहार गरेपछि अस्पतालमा तनावग्रस्त भएको हो ।

त्यसको विरोधमा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेकका अन्य सेवा ठप्प पारेर सडकमा विरोध ¥याली गरेका छन । घटनापछि अस्पतालका चिकित्सक तथा कर्मचारीहरु दोषीलाई कारबाहीको मागसहित आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकको आन्दोलनका कारण सेवा अवरुद्ध छ ।

अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै डाक्टर, नर्स र स्वास्थ्यकर्मी सडकमा उत्रिएका हुन् । तुलसीपुर क्षेत्रमा कार्यरत झन्डै तीन सयभन्दा बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर न्यायको माग गर्दै सडकमा उत्रिएका हुन् ।

अस्पतालमा कार्यरत डाक्टर नर्सहरुले ‘वी वान्ट जस्टिस्, डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेहरू– मुर्दावाद’ लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए । तुलसीपुरको बजार परिक्रमापछि राप्ती प्रादेशिक अस्पतालको प्राङ्गणमा पुगेर कोणसभा गरेका थिए।

मेसु सिंहमाथि गरिएको अभद्र व्यवहारले सबै स्वास्थ्यकर्मीको अपमान भएको बताएका थिए । अस्पतालभित्र सुरक्षा चुनौती थपिएको बताउँदै दोषीलाई कानुनी कारबाहीकोसमेत माग गरेका थिए । दोषीलाई कारबाही नहुँदासम्म अस्पतालमा काम गर्ने वातावरण नहुने अस्पताल सञ्चालन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले बताए ।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले ११ भदौ दिउँसो साढे १ बजेतिर मेसु सिंहलाई कार्यकक्षमै प्रवेश गरी कालोमोसो दलेका थिए।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.