Nepal Times
Nepal Times
3
Shares

अन्ततः सन्दीपले पाए अमेरिकाको भिसा

अन्ततः सन्दीपले पाए अमेरिकाको भिसा

साउन २८, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । यसले ठूलै खैलाबैला मच्चियो ।

लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.