Nepal Times
Nepal Times
3
Shares

अबको ३ दिनसम्म देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

अबको ३ दिनसम्म देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

९ असार, काठमाडौ । 

उपत्यकासहित आसपासका क्षेत्रका केही ठाउँमा यतिबेला घाम लागेको छ । तर, मौसम पूर्ण रुपमा नखुलेको मौसमविद्ले बताएका छन् ।

अहिले घाम लागे पनि फेरि मौसम बद्ली भइ पानी पर्ने मौसमविद्ले बताएका छन् । मनसुनी प्रणालीका कारण आज दिनभरजसो नै देशका धेरै ठाउँको मौसम बदली हुने र केही ठाउँमा हल्कादेखि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।

अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । दिउँसो प्रदेश एक, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भने ठूलो पानी पर्ने सम्भावना छ । आज राति पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आउँदो तीनदिनसम्म देशका केही ठाउँमा ठूलो र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.