Nepal Times
Nepal Times
3
Shares

अब तेस्रो जनआन्दोलन सुरु भयो : पत्रकार वाग्ले

अब तेस्रो जनआन्दोलन सुरु भयो : पत्रकार वाग्ले

१२ माघ, काठमाडौँ ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् ।

आज बालुवाटारमा नागरिक आन्दोलनमाथि प्रहरीले लाठीचार्ज र पानीका फोहरा हानेको थियो। केही मानिस घाइते छन्। प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले सम्बोधन गर्दै तेस्रो जनआन्दोलन सुरु भएको बताए ।

‘हामी शान्तिपूर्ण तवरले धर्ना दिइरहेका थियौं। हामीले भद्र अवैज्ञा आन्दोलन लिड गरिराखेका थियौं। हामीमाथि जुन बर्बर दमन भयो विना सूचना,’ वाग्लेले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ भनेर पहिल्यै प्रहरीलाई भनेको थिएँ। हाम्रो साथीहरूसँग ढुंगा पनि थिएन।’

यस्तै वाग्लेले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार आफूहरुले नै गर्ने बताए । सोमबार कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको सहभागीले कमलपोखरीको माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेको थियो।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.