Nepal Times
Nepal Times
3
Shares

अमेरिकामा प्रहरी हिरासतमै अश्वेत व्यक्तिको मृत्युपछि चर्को विरोधले लियो उग्ररुप, शहर तनाबग्रस्त

अमेरिकामा प्रहरी हिरासतमै अश्वेत व्यक्तिको मृत्युपछि चर्को विरोधले लियो उग्ररुप, शहर तनाबग्रस्त

१६ जेष्ठ, एजेन्सी । अमेरिकाको मिनेसोठा राज्यको मिनियापोलसमा प्रहरी हिरासतमै निहत्था अश्वेत व्यक्तिको मृत्यु भएपछि चर्किएको विरोधले उग्र रुप लिएको छ ।

लगातार दोस्रो दिन पनि प्रहरी र प्रदर्शनकारीबिच झडप हुंदा शहर तनाबग्रस्त बनेको छ । केही प्रदर्शनकारीले पसलमा लुटपाट गर्न थालेपछि प्रहरीले उनीहरुमाथि अश्रु ग्याँस प्रहार गरेको छ ।

शहरमा थप सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । प्रहरी ज्यादतीको विरोधमा शिकागो, इलोनाइस, लस एन्जलस,क्यालिफोर्निया र टेनिसीको मेम्फिसमा पनि प्रदर्शन भएका छन् ।

गत सोमबार ४६ वर्षिय जर्ज फ्लोडलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा भूईँमा लडाएर घाँटीमा घुँडाले थिचेपछि सास फेर्न नसकेर उनको मृत्यु भएको थियो ।

उनको निधन पछि सामाजिक सञ्जालमा भिडियो भाइरल भएको थियो । त्यसपछि मिनियापोलस प्रहरीका अधिकारी बर्खास्त भएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.