Nepal Times
Nepal Times
3
Shares

अमेरिकी प्राविधिक कम्पनी सिथोसको सेवा नेपालमा पनि

अमेरिकी प्राविधिक कम्पनी सिथोसको सेवा नेपालमा पनि

२ कात्तिक, काठमाडौँ ।
अमेरिकी प्राविधिक कम्पनी सिथोसले नेपालमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । सिथोसले नेपालको बैंकिङ क्षेत्र मार्फत सूचना प्रविधि तथा आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को सेवा प्रदान गर्ने सेवा सुरुवात गरिएको जनाएको छ ।

कार्यक्रममा सिथोस अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आर्टिफिसियल इन्टिलिजेन्स नेपालमा ज्यादै आवश्यक भएकाले सिथोस नेपाल प्रवेश गरेको बताए । नेपालको बैकिङ प्रणालीमा रिक्स मेनेजमेण्ट, ह्याकिङ लगायतका समस्या न्यूनीकरणमा सिथोसको एआई प्रणालीले सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरे । कम्पनीले आर्टिफिसियल इन्टिलिजेन्स मार्फत ग्राहकलाई सेवा प्रदान गर्छ ।

त्यसका साथै कर्जाको भ्यालुएसन र कर्जा दिन मिल्ने रकमलाई समेत गणना गरि छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्छ । सिथोसले बैकिङ क्षेत्रको नियमन, परिपालना तथा सम्भावित ठगीलाई पहिचान तथा नियन्त्रण गर्ने प्राविधिक सेवा प्रदान गर्दछ ।

सिथोसले मार्केट रिसर्चका साथै सेन्टीमेन्ट एनालिसि, जोखिम व्यवस्थापन, लगानी प्रक्षेपण लगायतका सेवाहरु प्रविधिको मद्दत मार्फत प्रदान गर्न सकिने एआईको विकास गरेको छ । यसले औठा छाप, आवाज, तस्वीर, सन्देश, फोन मार्फत सम्बन्धीत व्यक्तिको पहिचान गरि कारोबार गर्नमा सहज गराउने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.