Nepal Times
Nepal Times
3
Shares

अयोध्याधामको ‘डीपीआर’ निर्माण सुरु

अयोध्याधामको ‘डीपीआर’ निर्माण सुरु

काठमाडौँ: भगवान् श्रीरामको जन्म भएको विश्वास गरिएको चितवनको माडी नगरपालिकामा अयोध्याधाम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सुरु भएको छ । अयोध्याधाम निर्माणको गुरुयोजना तयार भई ‘डीपीआर’ निर्माणको काम सुरु भएको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो ।

नगर प्रमुख ढकालले भन्नुभयो, ‘‘गुरुयोजना तयार भई डीपीआर निर्माणको काम सुरु भइसकेको छ, छिट्टै नै प्रतिवेदन आउने छ ।’’ प्रधानमन्त्री ओलीको निर्देशनमा अयोध्याधाम निर्माणको कामलाई तीव्रता प्रदान गरिएको बताउँदै उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा अयोध्याधाम निर्माणको डीपीआरलगायत समग्र आयोजना अगाडि बढाइएको स्पष्ट पार्नुभयो ।

अर्को वर्ष २०७८ सालको चैततिर पर्ने रामनवमीका अवसरमा भगवान् राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति अनावरण गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिन प्रधानमन्त्री ओलीबाट निर्देशन भएको बताउँदै नगर प्रमुख ढकालले निर्देशनबमोजिम काम अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार डीपीआर तयार हुनेबित्तिकै मन्दिर निर्माणको बोलपत्र आह्वान गरिने छ । प्रधानमन्त्रीको चाहनाबमोजिम अन्तर्राष्ट्रिय स्तरको निर्माण गरिने सो मन्दिरका लागि करिब १० करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.