Nepal Times
Nepal Times
3
Shares

अर्थतन्त्रको मोडल ठम्याउन अर्थमन्त्रीलाई कठिन

अर्थतन्त्रको मोडल ठम्याउन अर्थमन्त्रीलाई कठिन

२ असोज, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलकको अर्थतन्त्र बारे हल्का टिप्पणी नगर्न संचार माध्यामहरुलाई आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाई त्यत्ति सजिलो नभएको तर्फ पनि संचार माध्यामहरुलाई सचेत गराए । आफूले नीति, निर्माणको तहमा २५/३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्तहरु किनपालना हुँदैनन? भन्ने अझै बुझ्न नसकेको उल्लेख गर्दै अर्थतन्त्र बारे नबुझिकन हल्का टिप्पणी गर्न नमिल्ने उनको तर्क थियो ।

बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र त्यसको ठाउँमा नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले अर्थतन्त्रको कुन मोडल ठिक हुन्छ ? भनेर एकीन गर्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।

उनको मुलुकको अर्थतन्त्र सुदृढ बनाउन भन्सार लगायतका शुल्कहरुको व्यवस्थालाई कसरी परिचालन गर्ने भन्ने कुरामा पनि परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढदै गईरहेका बेलाखुला अर्थतन्त्र मुलुकका लागि उपयुक्त हुने÷नहुने बहसको विषय भएको पनि बताए । उनले मुलुकको आर्थिक गतिविधिलाई बढावा दिन सरकारले सुशासनमा जोड दिएको पनि दोहो¥याएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.