Nepal Times
Nepal Times
3
Shares

असारसम्ममा तीन लाख कोरोना सङ्क्रमित थपिने अनुमान

असारसम्ममा तीन लाख कोरोना सङ्क्रमित थपिने अनुमान

९ बैशाख, काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो असारसम्ममा नेपालमा थप तीन लाख व्यक्तिमा कोरोना सङ्क्रमण देखा पर्नसक्ने अनुमान गरेको छ ।

मन्त्रालयले कोरोनाको युके भेरियन्टको सङ्क्रमण दर उच्च भएकाले अबको तीन महिनामा सङ्क्रमण दर उच्च हुने देखिएको बताएको हो ।

आज प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले ३ लाख सङ्क्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार बिरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आईसीयू) आवश्यक पर्ने अनुमान गरिएको बताए । त्यसैअनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए ।

मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि झण्डै ८ अर्ब रुपैयाँ खर्च गरेको छ । यस्तै, आउँदो आर्थिक वर्षका लागि ६२ अर्बको सिलिङ्ग प्राप्त भए अनुसार कार्यक्रमहरु तयार गरिएको सचिव अर्यालले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.