Nepal Times
Nepal Times
3
Shares

आईपिएलको उद्घाटन मार्च २९ मा, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने

आईपिएलको उद्घाटन मार्च २९ मा, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने

एजेन्सी, फागुन ४
इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ । आगामी संस्करणको उद्घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नइ सुपर किंग्स भेटने निश्चित भएको छ । उक्त खेल मार्च २९ का दिन मुम्बईस्थित वान्खडे रङ्गशालामा खेलाइनेछ ।

लिग सञ्चालकले फ्रेञ्चाइजलाई पठाएको विवरण बमोजिम उद्घाटन खेल मार्च २९ का लागि तय गरिएको जनाइएको छ । विवरण बमोजिम लिग चरणको अन्तिम खेल मई १७ तारेखको खेलाइनेछ । जसमा रोयल च्यालेन्जर्स बैंग्लौरले मुम्बईको सामना घरेलु मैदानमा गर्नेछन् ।

भारतले घरेलु मैदानमा दक्षिण अफ्रिका विरुद्धको तीन म्याचको एकदिवसीय श्रृखंलाको अन्तिम म्याच मार्च १८ का दिन कलकत्तामा खेल्नेछन् । जसको ११ दिनपछि लिगको सुरुवात हुनेछ ।

लिग चरणका खेलहरु ५० दिनसम्म चल्नेछन् । पछिल्लो संस्करणमा भने ४४ दिनसम्म चलेको थियो । अपरान्हको खेल सबा चार बजेदेखि खेलाइनेछ भने रातिको खेल आठबजेबाट सुरु हुनेछ । स्टिभ स्मिथ कप्तान रहेको राजस्थान रोयलले आफ्नो पहिलो खेल अप्रिल लागेपछि मात्रै खेल्नेछन् । मार्च २९ मा न्युजिल्याण्ड र अष्ट्रेलियाबीचको अन्तर्राष्ट्रिय टी ट्वान्टी म्याच निर्धारण गरिएको छ । दुबै राष्ट्रले आईपीएललाई आफ्ना खेलाडी माच ३० पछि मात्रै उपलब्ध हुने प्रष्ट्याएको छ ।

इंग्ल्याण्डले श्रीलङ्कामा मार्च १९ देखि ३१ सम्म दुई म्याचको टेष्ट श्रृखंला खेल्नेछन् । इंग्ल्याण्डले मार्च ३१ पछि आफ्ना खेलाडी उपलब्ध हुने आईपीएललाई पत्राचार गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.