Nepal Times
Nepal Times
3
Shares

आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोरको सानदार जित

आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोरको सानदार जित

१० बैशाख, काठमाडौ । रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग (आईपीएल) मा सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा बेंगलोरले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतीमा पूरा गर्न सफल भयो ।

बेंगलोरको जितमा ओपनर देवदत्त पाडिक्कलले शतक प्रहार गरे । उनी ५२ बलमा ११ चौका र ६ छक्का सहित १ सय १ रनमा अविजित रहे । यस्तै, कप्तान विराट कोहली ७२ रनमा अविजित रहे ।

यस अघि टस हारेर पहिले ब्याटिङ रोजेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

राजस्थानका लागि शिवम दुबेले. सर्वाधिक ४६ रनको योगदान दिए । यस्तै, राहुल टेवाटियाले ४० रन, रियान परागले २५ रन तथा कप्तान सन्जु सामसनले २१ रन जोडे ।

बलिङमा बेंगलोरका मोहम्मद शिराज र हर्षल पटेलले समान ३÷३ विकेट लिए । यस्तै,काइल जामिसन, केन रिचर्ड्सन र वासिन्टन सुन्दरको नाममा १–१ विकेट रह्यो ।

योसँगै लगातार चौथो जित निकालेको बैंगलोर अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । बैंगलोरले ८ अंक जोडेको छ । पराजित राजस्थान पुछारमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.