Nepal Times
Nepal Times
3
Shares

आउँदो निर्वाचनमा कांग्रेस शक्तिशाली हुन्छः बामदेव गौतम

आउँदो निर्वाचनमा कांग्रेस शक्तिशाली हुन्छः बामदेव गौतम

१४ माघ, काठमाडौं ।
नेकपाका उपाध्यक्ष बामदेव गौतम आउँदो निर्वाचनमा कांग्रेस शक्तिशाली हुने बताएका छन् ।

नेकपा एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले पुरानो मतको हिसाब निकाल्दै नेकपाको फुटले कांग्रेसलाई फाइदा हुने बताएका हुन् ।

अघिल्लो निर्वाचनमा दुई ठूला कम्युनिष्ट पार्टी मिलेर निर्वाचनमा जाँदा ठूलो लहर आएको उल्लेख गर्दै गौतमले त्यतिबेला दुई पार्टीले ४३ लाख मतमात्रै आएको उल्लेख गरे । उक्त निर्वाचनमा कांग्रेसले ३० लाख मत पाएको थियो ।

गौतमको अनुमानमा तीन वर्षमा करिब ७ लाख मतदाता बढेका हुनसक्छन् र ती मतदाता विभाजित हुँदा कांग्रेसको मत बढ्ने र नेकपा विभाजित हुदाँ झन् घट्नेछ ।

गौतमले भने,‘यो तथ्यले बताउँछ कि हामी हार्छौं र बीचबाट उठेको कांग्रेस सरकारमा पुग्ने पक्का छ । तर, नेताहरु फुटाएर बहुमत ल्याउँछौँ भनिरहनुभएको छ ।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.